एमाले नभएको भए संविधान च्यातिन्थ्यो : अध्यक्ष ओली

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानलाई संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउन आफ्नो पार्टी कटिबद्ध भएको बताएका छन् ।
एमालेको कर्णाली काठमाडौँ सम्पर्क कमिटीले आज काठमाडौँमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रममा ओलीले एमाले नभएको भए विसं २०१७ सालमा झैँ अहिले पनि व्यवस्था र संविधानलाई च्यातेर फाल्ने काम भइसक्ने टिप्पणी गरे ।
उनले एमाले शक्ति मुलुकमा रहेका कारण नयाँ संविधान जारी भएको चर्चा गर्दै संविधानको रक्षा भएकाले सबै कार्यकर्ताले यसबारे जनस्तरमा चेतना फैलाएर आगामी निर्वाचनमा जित्ने गरी काम गर्न आग्रह गरेका थिए ।
“हामी बरु सरकार छोड्न तयार छौँ, तर संविधान च्यात्न दिँदैनौँ, लोकतन्त्रलाई तलमाथि हुन दिँदैनौँ, हामीले लडेर ल्याएको लोकतन्त्रलाई संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउन हामी कटिबद्ध छौँ,” उनले भने ।
कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न पार्टीबाट प्रवेश गरेकाहरुलाई एमालेमा स्वागत गर्दै अबको निर्वाचनमा कर्णालीमा कुनै भ्रम छर्ने र दलाली गर्नेहरुले नभई चेतनायुक्त पार्टी एमालेले जित्नु पर्ने बताए । उनले पार्टी प्रवेश गराउनकै लागि आफू फेरि झापा र धनकुटाको भ्रमणमा जाने जानकारी गराए ।

















आमा बनिन् काठमाडौं–१ की उम्मेदवार रञ्जु दर्शना
धादिङ बस दुर्घटनाः युएईद्वारा दुःख व्यक्त
मध्य इरानमा सेनाको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु
गुल्मीमा दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई
प्रविधि विस्तारबाट गहुँको उत्पादन बढाइने
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
पोखरा गोल्डकपको उपाधि सहारालाई
प्रतिक्रिया