‘ए’ डिभिजन लिग चार मैदानमा आयोजना हुँदै

काठमाडौँ । कात्तिक २९ गतेदेखी आयोजना हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ । अघिल्ला संस्करण दुई मैदानमा आयोजना भएको लिग अब भने चार मैदानमा आयोजना हुँदै छन् । मनाङ मस्र्याङ्दी फुटबल क्लबले पोखराको रंगशालालाई घरेलु मैदान बनाउँदै छ भने च्यासल मैदान पनि लिगका लागि प्रयोग गर्ने योजना आयोजक एन्फाले बनाएको छ ।
नेपाली फुटबलको मेरुदण्ड मानिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग कात्तिक २९ गते त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा उद्घाटन हुँदैछ । पहिलो खेल यसै सिजन बढुवा भएको सातादोबाटो युथ क्लबले फ्रेन्ड्सँग प्रतिस्पर्धा गर्दा दशरथ रंगशालामा उद्घान समारोह हुनेछ । उद्घाटन खेल ‘फ्लड लाईट’ खेलाउने तालिका बनाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले दशरथ रंगशाला बाहेक एन्फा टेक्निकल सेन्टर, च्यासल मैदान र मनाङ मस्र्याङ्दीले प्रस्ताव गरेको पोखरा रंगशालामा खेलाउने सक्ने बताएको छ ।
दशरथ रंगशालमा उद्घाटन हुने खेल ५ बजे सुरु हुनेछ । २०७२ को भूकम्प पछि बनेको नयाँ रंगशालामा उद्घाटन खेल बाहेक अन्य खेल भने दिउँसो ३ बजे हुनेछन् । काठमाडौंको मध्य भागमा रहेको रंगशालामा १३ औं दक्षिण एसियाली खेलकुद भइसकेका छन् भने केही अन्तर्राष्ट्रिय खेल पनि सम्पन्न भइसकेका छन् । सुरुआती दुई चरणका तालिका मात्र सार्वजनिक भएको मध्येमा दशरथ रंगशालाका अलावा एन्फा तेक्निकल सेन्टरमा तोकिएको छ ।
एन्फा टेक्निकल सेन्टरमा आयोजना हुने पहिलो खेल कात्तिक ३० गते हिमालयन शेर्पा र संकटा क्लबबीच आयोजना हुनेछ । उत्त खेल दिनको १२ बजे हुनेछ । कृत्रिम मैदान एन्फा टेक्निकल सेन्टरमा अहिले केही टोलीले मैत्रिपूर्ण खेल खेलेका छन् । जुन प्रिसिजन अघिको अभ्यास खेलको रुपमा ब्यख्या गरिएको छ । तेस्रो चरणको खेलमा च्यासलमा गराउने लक्ष्य राखेको एन्फामा केही प्राविधिक काम भने बाँकी नै छ । मैदानमा गोलपोस्ट बनाउने र मैदानभित्र खेल क्षेत्रको लाइन बनाउने काम बाँकी नै छ ।
यस्तै चौथो खेल स्थलको रुपमा पोखरा रंगशाला पनि प्रयोग आउने एन्फाले जनाएको छ । जसलाई मनाङ मस्र्याङ्दी फुटबल क्लबले घरेलु मैदानको रुपमा प्रयोग गर्ने योजनामा छ । सोही अनुसार तालिका बनाउनु पर्ने भएकाले दुई चरणका खेललाई मात्र खेल स्थल, मिति र समय तोकिएको हो । कोरोनाका कारण सिमित दर्शक उपस्थिति हुँदै आएको मैदानमा नयाँ सिजनको खेलमा दर्शकलाई अनुमति दिने जनाएको छ । फागुन १४ गतेसम्म सञ्चालन हुने लिगमा १४ टोलीले सहभागिता जनाउँदै छन् भने दुई टोली रेलिगेशनमा घटुवा हुनेछन् । लिगमा कुल १३ चरण र ९१ खेल हुनेछ ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया