प्रधानन्यायाधीसको राजीनामा माग्दै बारको आज पनि प्रदर्शन
मेरोन्यूज
२०७८ कार्तिक २२ गते ११:११

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कानून व्यवसायीहरूले प्रदर्शन गरेका छन् । नेपाल बार एशोसिएसनको नेतृत्वमा कानून व्यवसायीहरुले आज पनि प्रदर्शन गरेका हुन् ।
उनीहरुले कालो ब्यानरसहित बारबाट सर्वोच्च अदालत प्राङगणमा पुगेर एक घण्टा धर्ना दिने कार्यक्रम छ । तिहारपछि नयाँ कार्यक्रम घोषणा गर्ने तयारी गरेको बारले आज प्रदर्शनलाई निरन्तरता दिएको हो । यसअघि बारले कात्तिक १४, १५, १६ र १७ गते सर्वोच्चमा आन्दोलन गरेको थियो ।
प्रधानन्यायाधीश जबराले भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै बारले उनको राजीनामा माग गर्दै आएको छ । सर्वोच्चका न्यायाधीशहरु र बारले जबराको राजीनामा माग्दै आए पनि जबराले राजीनामा नदिने बताएका छन् ।



सम्बन्धित
















इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
बाँकेमा हाइसको ठक्करबाट बालकको मृत्यु
स्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला
गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
प्रतिक्रिया