छ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले छ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको १० करोड र १८२ दिन अवधिको छ अर्ब गरी कूल छ अर्ब १० करोडको टे«जरी बिल आज बोलकबोल गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार ९१ दिने टे«जरी आगामी माघ २५ गते परिपक्व हुनेछ भने १८३ दिने टे«जरी २०७९ वैशाख २७ मा परिपक्व हुनेछ । यसअघि यही कात्तिक १५ मा बैंकले एक अर्ब ६६ करोडको टे«जरी बिक्री गरेको थियो ।
ऋणपत्रको बोलकबोल अनलाइनमार्फत आज दिउँसो २ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अंग कबोल गर्नेलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ । राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत प्रत्येक हप्ता यस्ता ऋणपत्र बिक्री गर्दछ ।

















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
इरानको चेतावनी: केही बेरमै इतिहासकै खतरनाक आक्रमण सुरु हुनेछ
प्रतिक्रिया