मंगलबार, मंसिर २३, २०८२

स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक पक्राउ

मेरोन्यूज २०७८ कार्तिक २३ गते १२:४७

काठमाडौँ । पर्साको वीरगंज महानगरपालिका–८ घण्टाघरबाट स्रोत नखुलेको नगद २० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको बिश्रामपुर गाउँपालिका–५ नकटुवा बस्ने ३१ वर्षीय चन्दन कुमार साह रहेका छन् ।

घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेको ना.४८ प ७६९१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहलाई नगदसहित पक्राउ गरेको हो ।

उनी उपर बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन, २०७३ विरुद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया