यसरी हुँदैछ गुहेश्वरीमा छठपर्वको तयारी (तस्वीरहरु)

काठमाडौँ । मिथिला क्षेत्रमा छठपर्व सुरु भएको छ । छठको तयारीका लागि नदी क्षेत्र सजिन थालेका छन् । छठपर्वका लागि ढल सफा गर्न आ–आफै जुटेका छन् । भगवान सूर्य र षष्ठी (छठी)देवीको उपासना गरिने यो पर्वका लागि पवित्र जलाशयमा सुन्दरघाट बनाइएका छन् । यस्तै काठमाडौँको गुहेश्वरीमा पनि छठपर्वका लागि तयारी गरिदैछ ।

छठपर्वका लागि वर्तालुले गुहेश्वरी नदी किनार सजाउने, सफा गर्ने, टेन्ट लगाउने, मञ्च बनाउने काम गरिरहेका छन् । सूर्यलाई अघ्र्य दिइने यो पर्वमा घाटस्थल बेहुली झैं सिंगारिदै छन् । श्रद्धा, निष्ठा, आत्मिक शुद्धि र समर्पण पर्वको मूलभाव रहेकाले जताततै सूर्यदेव र छठीमाता करुणाका खानी रहेका चर्चा सुनिने गरिएको छ । विधिको गणनाले कात्तिक शुक्ल त्रितीयादेखि सप्तमीसम्म पाँच दिनको हुने यो पर्वमा पञ्चमी तिथिमा राति एकछाक मात्र अलिनो खानेकुरा खाएर वर्तालुले ‘खरना’ विधि सम्पन्न गर्नेछन् ।

पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउदा सूर्यलाई अघ्र्य दिने ‘सझुका अरख’ (सझिंया–घाट) सम्पन्न गरिन्छ । अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने ‘भोरका अरख’ विधि भएपछि पर्व समापन गरिने परम्परा छ । छठपर्व केही वर्ष पहिलेसम्म मधेशी मूलका हिन्दूले मात्र मनाउँदै आएकोमा पछिल्लो समयमा पर्वते मूलका हिन्दू र इस्लाम धर्मावलम्बीले समेत मनाउन थालेका छन् ।








जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
















HoR Election: Election activities ramp up in Parbat’s rural regions
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक
मतदाता भन्छन्ः उम्मेदवार हेरेर आफ्नो मत दान गर्छौं
१९ अङ्कले घट्यो नेप्से, ९ अर्बको कारोबार
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया