मंगलबार, मंसिर २३, २०८२

चक्कु प्रहार गरेर युवकको हत्या, ४ जना पक्राउ

मेरोन्यूज २०७८ कार्तिक २४ गते ८:३७

कैलाली । कैलालीमा चक्कु प्रहार गरेर एक युवकको हत्या गरिएको छ । जिल्लाको टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिकै मंगलबार राति दुई समूहबीच भएको झडपमा चक्कु प्रहार गरेर लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्या गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले पूर्व रिसिबीलाई लिएर दुवै समूहबीच भएको झडपका क्रममा बडुवालको चक्कु प्रहार गरेर हत्या गरिएको बताए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले युवकको हत्यामा संलग्न भएको आशंकामा अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । प्रहरीले उनीहरुको संलग्नताबारे अनुसन्धान भइरहेको भन्दै तत्काल नाम सार्वजनिक नगर्ने जनाएको छ ।

प्रतिक्रिया