कैलालीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कैलाली । कैलालीमा युवकको हत्या भएको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । जिल्लाको टीकापुर नगरपालिका–१ मा चक्कु प्रहार गरेर लम्कीका भुपेन्द्र बडुवालको हत्या भएको थियो । हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै स्थानीयले लम्कीचुहा नगरपालिकामा राजमार्ग अवरुद्ध पारेका छन् ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले बुधबार बिहानैदेखि पीडित पक्षले राजमार्ग अवरुद्ध पारेपछि सवारीसाधन सञ्चालनमा समस्या भएको जनाएको छ । राजमार्ग अवरुद्ध भएपछि विभिन्न ठाउँबाट गन्तव्यका लागि छुटेका सवारीसाधन लम्कीमै रोकिएपछि सयौं यात्रुहरु अलपत्र परेका छन् ।
मंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिकै दुई समूहबीच भएको झडपमा चक्कु प्रहार गरेर लम्कीका २२ वर्षीय बडुवालको हत्या गरिएको थियो । प्रहरीले उनको हत्यामा संलग्न भएको आशंकामा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।









प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई फर्काउन सर्वोच्चको आदेश
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु
सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
एनपिएल : आज दुई खेल हुँदै
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
प्रतिक्रिया