पूर्वराजालाई प्रधानमन्त्रीले भने-शासन गर्ने भए चुनाव लड्नुहोस्

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई देशमा शासन गर्ने भए चुनाव लड्न चुनौति दिएका छन् । गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बुधबार शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले गणतान्त्रिक शासन व्यवस्था विरुद्ध नलाग्न चुनौती दिएका हुन् ।
शाहले दसैँका अवसरमा व्यक्त गरेका अभिव्यक्तिप्रति आपत्ति जनाएका देउवाले आपत्ति जनाएका छन् । देउवाले आफू प्रजातन्त्रको पक्षमा उभिँदा तत्कालीन राजाले जेल हालेको बताए ।
उनले भने, ‘तत्कालीन राजाले मलाई जेलमा कोचेपछि नेपालमा गणतन्त्रको माहौल सुरू भयो । शासन गर्ने भए चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा छ । शासन व्यवस्था विरुद्ध नलाग्नुस् ।’ पूर्वराजाले दसैँमा शुभकामना दिँदै राजा र जनता मिलेरमात्र नेपालमा प्रजातन्त्र जोगिने बताएका थिए ।
देउवाले संविधानलाई सुधार्दै जाने बताए । प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक खगेन्द्र भट्टराईलाई स्वर्णपदकबाट सम्मान गरेको थियो ।
















काठमाडौँमा दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान
नयाँ FZ FI New Gen सार्वजनिकसँगै यामाहा ब्लू फेस्टमा मनाइयो इनोभेसनको उत्सव
खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया