कांग्रेस महाधिवेशन : यी हुन् प्रदेश २ का जिल्ला सभापतिका आकांक्षी

काठमाडौं । नेपाली कांग्रेसको लामो समयदेखि क्रियाशील विवाद देखिएर रोकिएको प्रदेश २ का आठ जिल्ला मध्ये सात जिल्लाको वडा अधिवेशन कार्तिक २७ गते हुने भएको छ । प्रदेश २ का पर्सा , बारा, सर्लाही, महोत्तरी, धनुषा, सप्तरी र सप्तरीको क्रियाशील विबाद टुङ्गिएपछि कार्तिक २७ गते वडा अधिवेशन हुने भएको हो ।
तर यही प्रदेशको रौतहटमा भने अझै क्रियाशील विबाद मिलेको छैन् । एक सय दिनदेखि पार्टी कार्यालयमा धर्ना बसेकाहरूका रौतहटका कांग्रेस नेताहरुको माग सम्बोधन गर्न संस्थापन पक्ष तयार नभएपछि अझै सदस्यता विवाद टुङ्गिएको छैन ।
कांग्रेस निर्वाचन समितिले समेत प्रदेश २ को रौतहट बाहेका अन्य बिवादित १२ जिल्ला सिन्धुपाल्चोक, डोल्पा, बाँके, कैलाली सुर्खेतसहित प्रदेश २ का सात जिल्लामा निर्वाचन अधिकृत खटाएको छ ।
निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले प्रदेश २ का रौतहट बाहेका जिल्लामा अधिवेशन गराउँन निर्वाचन अधिकृत खटाईसकेको जानकारी दिए ।
१३ औँ महाधिवेशनमा धनुषाको क्षेत्र नम्बर ५ लाई महाधिवेशनमा सहभागी हुनबाट बञ्चित भएको थियो । १४ औं महाधिवेशनमा रौतहट भाग लिन पाउँने कि नपाउँने विषयमा पनि केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गर्ने बताइएको छ ।
त्यसैगरी, प्रदेश २ का अधिवेशन मिति तोकिनु भन्दा अघि देखिनै जिल्ला सभापतिका आकांक्षी भने अघि सरिसकेका थिए ।
अहिलेको प्रदेश २ का सात जिल्लाको जिल्ला सभापतिको आकांक्षी हेर्दा संस्थापन ईतर भन्दा तुलनात्मक रुपमा संस्थापन पक्ष बलियो देखिएको छ ।
जसमा संस्थापन पक्षबाटै सभापतिमा विमलेन्द्र निधि प्रत्यासी हुनाले उक्त समूहमा लागेका नेताहरु पनि विभाजित हुने सम्भावना बढेको छ ।
प्रदेश २ निधिको पकड बलियो रहेको प्रदेश समेत मानिन्छ । तर गत भदौं ११ गते निधिले सम्पर्क कार्यालय सञ्चालन गर्दा थोरै जिल्ला सभापति मात्रै देखिए । जसले गर्दा खासै प्रभाव नपर्ने देउवा समुहकै नेताहरु बताउँछन् ।
यता, संस्थानपइतरले निधि समुहसँग जिल्ला नेतृत्वमा मिलेर जाने तयारी गरेको देखिन्छ । जिल्ला नेतृत्व तय गर्दा संस्थानपइतरले निधि पक्षसँग समीकरण बनाउने सक्ने समेत देखिन्छ ।
कांग्रेसले गाउँ नगरपालिका अधिवेशन कात्तिक ३० गते सम्पन्न गर्नुपर्ने, प्रदेशसभा क्षेत्रीय अधिवेशन मङ्सिर ३ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मङ्सिर ६ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन भएको जिल्लाको अधिवेशन मङ्सिर १० गतेसम्म, प्रदेश अधिवेशन भने मङ्सिर १६ र १७ सम्म र केन्द्रिय महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म हुने कांग्रेस निवार्चन समितिले जनाएको छ ।
को- को छन् जिल्ला सभापतिका आकांक्षीहरू ?
सप्तरी
सप्तरीमा संस्थापन पक्षबाट शत्रुघन यादव, नारायण चौधरी शेखर, रामदेव साह, बद्री महात्मन् र रामु यादव सभापतिका आकांक्षी हुन् ।
यादव हालका जिल्ला सचिव हुन् । भने शेखर क्षेत्रीय सभापति, शाह महासमिति सदस्य हुन् । यी पाँच जनामध्ये एक जना सभापतिमा प्रत्यासीमा देखिने चर्चा छ ।
यता, हालका केन्द्रिय सदस्य तेजुलाल चौधरीलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापति बनाउन रुचि देखाएका छन् । सोही समुहका अन्य तीन नेताहरु रामकुमार यादव, रामदेव साह र बद्रिनारायण यादव पनि सभापतिका आकांक्षी हुन् । रामकुमार हालका पार्टी सचिव हुन् । उनी डा.शेखर कोइराला निकट मानिन्छन् । यी चार नेतामध्ये एक जना संस्थापनइतरबाट सभापतिको प्रत्यासी बन्ने भएका छन्।
हालका जिल्ला सभापति दिनेश यादव कुनै समुहमा देखिएका छैन् । उनी जुन समुहमा देखिनछन् सोही समु्हले जिल्ला सभापति जित्न सक्ने बताईन्छ ।
सिराहा
सिराहामा संस्थापन समुहबाट रामचन्द्र यादव र उपेन्द्र यादव सभापतिको दौडमा देखिएका छन् । केन्द्रीय नेता चित्रलेखा यादव हालका सभापति रामचन्द्र यादवलाई दोहो¥याउने पक्षमा देखिएकी छिन् ।
यता, संस्थापन ईतर समुहबाट सुभासचन्द्र यादव आकांक्षी छन्। उनी पार्टीको केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवका छोरा हुन् ।
अर्का अहिलेका सांसद नरेशकुमार यादवको पनि जिल्ला सभापतिमा चर्चा छ । चौधरी समुदायको मत ल्याउनका लागि बलियो उम्मेद्वारको नाममा रामसुन्दर चौधरीको नाम पनि चर्चामा छ । जिल्ला कार्यसमिति सदस्य रामकिशोर यादव पनि सभापतिको आकांक्षीको दौडमा देखिएका छन् ।
धनुषा
धन्षा सभापतिका आकांक्षी बिमलेन्द्र निधिको गृह जिल्ला हो । धनु्षामा जिल्ला सभापतिमा निधि हाबी देखिन्छ । संस्थापन समुहबाट महेश शंकर गिरी, सन्तोष यादव, विश्वेश्वर यादव, योगी पञ्जियार सभापतिको आकांक्षी देखिएका छन् ।
संस्थापन समुहले गिरीलाई दोहो¥याउने पक्षमा छ । देउवा निकट गिरी हाल निधितिर ढल्किएका छन् । सन्तोष पनि सभापतिका आकाक्षी हुन् । उनी यसअघि संस्थापन ईतर समुहमा थिए ।
अर्का विश्वेश्वर पार्टीका हालका जिल्ला सचिब हुन् । पञ्जियार क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख हुन् । पञ्जियार र विश्वेश्वर दुबै निधि निकट हुन्।
संस्थापनइतरका लागि उम्मेद्वारका आकांक्षी कम छन्। जसमा अहिलेसम्म पनि को बन्नेमा टुङगो लागेको छैन् ।
महोत्तरी
महोत्तरीमा संस्थापन ईतर समुहमा तीन जना आंकाक्षी देखिएका छन् । जसमा नागेश्वर यादव, चिरञ्जीवी हमाल र बजरंग नेपाली रहेका छन् । यी तीन मध्ये एक जना सभापतिको प्रत्यासी बन्ने बताईएको छ । यादव अघिल्लो अधिवेशनमा पराजित भएका थिए । हमाल विगतमा खुमबहादुर खड्काको पक्षमा रहेका थिए । उनी हाल शेखर कोइराला निकट मानिन्छन् ।
संस्थापन समुहमा शुशील यादव सभापतिको प्रत्याशी देखिएका छन् । हालका सभापति महेन्द्रकुमार रायको झुकाव जुन समूहमा देखिन्छ, त्यही पक्षले सभापति जित्ने आकलन गरिएको देउवा निकट समुहका नेताहरु बताउँछन् ।
सर्लाही
सर्लाहीमा संस्थापन ईतर समुहबाट लक्ष्मण राय सभापतिमा भिड्ने देखिएका छन् । उनी अहिलेका महामन्त्री शंशाक कोईराला निकट हुन् । राय १३ औं महाधिवेशनमा पराजित भए । संस्थापन पक्षले हालका सभापति नागेन्द्र रायलाई दोहो¥याउन चाहेको छ ।
यसैगरी, अहिलेको पार्टी उपसभापति सुरेन्द्र सिंह पनि सभापतिको आकांक्षीमा देखिएका छन् । उनी अहिले कुनै समुहमा नदेखिए पनि गंगन थापा निकट मानिन्छन् ।
बारा
बारामा राम अयोध्या यादव संस्थापनइतरबाट सभापतिका प्रमुख दाबेदार हुन् । उनी शेखर कोईराला निकट मानिन्छन् । उनी पूर्व सांसदसमेत हुन् । अर्को संस्थापनईतरबाट नै राजेन्द्र यादव पनि सभापतिको आकांक्षीको दौडमा देखिएका छन् । उनी वरिष्ठ नेता पौडेल निकट हुन् ।
त्यसैगरी, संस्थापन देउवा समुहबाट अहिलेका जिल्ला सभापति जयचन्द्र चौरसिया फेरि दोहो¥याउन खोजेका छन् ।
सिटौला समुहका उमाकान्त चौधरीले रामानन्दन यादवलाई अगाडी सारेका छन् । अहिलेका पार्टी सचिव मनोज भट्ट सभापतिको आकांक्षी देखिएका छन् । बारा जिल्लामा बढी क्रियाशील बिबाद रहेको जिल्ला पनि मानिन्छ । यस जिल्लामा निर्वाचन अधिकृत जान नमान्दा निर्वाचन समितिलाइ निकै गाह्रो समेत परेको थियो ।
बारामा चार वटा निर्वाचन क्षेत्रमा १३ औं महाधिवेशनमा ८ हजार क्रियाशील सदस्य रहेकोमा अहिले एक हजार थप भएर करिब ९ हजारको हाराहारीमा सदस्यहरुको रहेका छन् ।
पर्सा
पर्सामा संस्थापन पक्षबाट जनार्दनसिंह क्षेत्री, रामनारायण कुर्मी र राजेन्द्रबहादुर अमात्य पनि सभापतिका आकांक्षी हुन् । कुर्मी र क्षेत्री समूहतर्फ देउवा खेमाका पर्साका नेताहरुमा रमेश रिजाल, सुरेन्द्रप्रसाद चौधरी, अजयकुमार चौरसियालगायत नेताहरुको साथ र समर्थन रहेको देखिएको छ ।
यता,संस्थापन पक्ष निधि समुहका अजय द्विवेदी मैदानमा देखिएका छन् । करिब १२ हजार क्रियाशिल सदस्य रहेका छन् । पर्सामा नै विरगंञ्ज महानगरपालिका भएकाले अन्य जिल्लाको भन्दा बढी प्रतिष्प्रर्धा हुने देखिन्छ ।
रौतहट
रौतहटमा संस्थापनइतरका मोहम्मद अफताब आलम जेलमा नपरेको भए सभापतिका बलियो उम्मेद्वार उनै हुने थिए । तर अहिले संस्थापनइतरबाट तीन जना रामस्नेही यादव, शेख ओकिल र देवराज तिमल्सिना सभापतिको आकांक्षी देखिएका छन् ।
रौतहटमा बिमलेन्द्र निधिको हाबी हुने सम्भावना देखिन्छ । संस्थापन समुहबाट सुनिल यादव मैदानमा उत्रने देखिएका छन् । उनी बलिया उम्मेदवार पनि हुन् । उनले अझ सजिलोसँग जित निकाल्न निधितिर झुकाव राखेको देखिन्छ ।
यता सोही समुहबाट जितेन्द्र यादब पनि मैदानमा देखिएका छन् । रौतहटमा पहाडी र मधेसी समुदायको उम्मेद्ववारले पनि फरक पर्ने देखिन्छ । चन्द्रनिगाहापुर क्षेत्रमा पहाडी समुदायहरु बाक्लो छन् ।
मुस्लिम समुदायको पनि उल्लेख्य संख्या छ । दुबै तीरको मत ल्याउँने उम्मेदवार भने अहिलेसम्म देखिएका छैनन् । रौतहट क्रियाशीलकै अल्झनमा रहेको हुदाँ १४ औं महाधिवेशनमा भाग नै लिन पाउँने नपाउँनेमा अझै अन्योल नै छ ।
कांग्रेस महाधिवेशन : प्रदेश १ मा को–को छन् जिल्ला सभापतिका आकांक्षी ?

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

















चुनाव सार्ने भए ४ दिन अघि सारौँ : रवि लामिछाने
महिलाको दाबेदारः सुनसरीमा २० उम्मेदवार
जेनजी परिषद् गठन गर्ने सरकारको निर्णय
पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
कराते टोली रुस जाने
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
पोखरा गोल्डकपको उपाधि सहारालाई
नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : संयोजक दाहाल
प्रतिक्रिया