राष्ट्रपति भण्डारीको तथ्यांक संकलनबाट जनगणनाको सुरुवात गरिने
मेरोन्यूज
२०७८ कार्तिक २४ गते १४:३९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी परिवारको तथ्यांक संकलन गरेर राष्ट्रिय जनगणनाको सुरुवात गरिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
भोलि (बिहीबार) बिहान साढे ९ बजे राष्ट्रपति परिवारको तथ्यांक संकलन गरेर जनगणनाको सुरुवात गरिने विभागले जनाएको हो ।
त्यसैगरी, बिहिबार नै बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवा परिवारको र दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुन परिवारको तथ्यांक संकलन गरिने विभागले जनाएको छ ।
विभागले आज गरेको पत्रकार सम्मेलन गरेर राष्ट्रिय जनगणनाको सबै तयारी पूरा भएको जानकारी दिएको छ । जनगणनाको कार्य भोलिदेखि १५ दिनसम्म हुनेछ ।
सम्बन्धित
















राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
प्रतिक्रिया