डडेलधुरा एमाले अध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

डडेलधुरा । नेकपा एमालेको निर्वाचित जिल्ला कमिटिका अध्यक्ष सहितको कमिटि नै नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । ततकालिन एमाले र माओवादीवीच पार्टी एकता हुनु अगाडी डडेलधुरा एमालेका अध्यक्ष रहेका तारा जोशी लगायतको टोली नै नेकपा एकीकृत समाजवादीमा समाहित भएको हो ।
जोशी सहितको टोलीलाई अध्यक्ष माधव नेपालले डडेलधुरा नै पुगेर एक कार्यक्रमको आयोजना गरी पार्टी प्रवेश गराएका छन् ।
नेकपा एमालेमा असार २७ मा भएको १० बुँदे सहमति कार्यन्वयन नभएको भन्दै डडेलधुराको एमालेको पार्टी जिल्ला कमिटी माधव नेपाल नेतृत्वको पार्टीमा समाहित भएको हो ।
एमालेमा १० बुँदे सहमति र जेठ २ मा फर्किन एमाले अध्यक्ष केपी ओली पक्ष सहमत नभएपछि डडेलधुराका एमाले अध्यक्ष तारा जोशीसहित जिल्ला कमिटी नेकपा एसमा समाहित भएको हो ।
डडेलधुराका पार्टी अध्यक्ष जोशी एमालेभित्र निक्कै वौद्दिक नेता मानिन्थे । उनले दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयबाट पिएचडि गरेका हुन । उनी एमालेमा घनश्याम भुसाल निकट मानिन्थे ।
जोशी सहितको टिम नेकपा एसमा समाहित भएपछि एमाले डडेलधुरामा कमजोर भएको छ ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गदै अध्यक्ष नेपालले सुर्यमा ग्रहण लागिसकेकाके बताएका थिए । एमालेको सूर्य चिन्ह आफैले ल्याएको र त्यसमा अहिले ग्रहण लागिसकेकोले आफुहरु कलम चिन्ह लिएर आएको नेपालले बताएका थिए । पार्टी समाहित कार्यक्रममा माधव नेपाल पर्यटन मन्त्री प्रमे आलेलाई साथ लिएर डडेलधुरा पुगेका थिए ।
















काठमाडौँमा दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान
नयाँ FZ FI New Gen सार्वजनिकसँगै यामाहा ब्लू फेस्टमा मनाइयो इनोभेसनको उत्सव
खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया