काँग्रेसको छानविन समितिले फर्म नभरेकालाई क्रियाशिल सदस्यता दिएपछि रसुवामा विवाद

रसुवा । हिमाली जिल्ला रसुवामा नेपाली काँग्रेसको क्रियाशिल सदस्यता फर्म नभरेकालाई क्रियाशिल सदस्यता प्रदान गरेपछि विवाद बढेको छ ।
पार्टीको १४ औँ महाधिवेशनका लागि वितरण गरिएको क्रियाशिल सदस्यतामा फर्म नभरेका १०० भन्दा बढी व्यक्तिलाई छानविन समितिले सिधै क्रियाशिल सदस्यता दिएपछि विवाद चुलिएको हो ।
वडा कार्यसमितिबाट सिफारिस भई गएका विगतदेखि नै क्रियाशिल सदस्यहरुको नामावली काटेर फर्म नै नभरेकालाई सदस्यता प्रदान गरेपछि रसुवाका काँग्रेसी युवाहरु छानविन समितिप्रति आक्रोशित भएका हुन् ।
नेपाली काँग्रेस नौकुण्ड गाउँपालिका–१ रसुवाका वडा सभापति आशिष तामाङले अराजक, अधिनायकवाद, अलोकतान्त्रिक र स्वच्छेचारी ढङ्गले वितरण गरिएको क्रियाशिल सदस्यताले पार्टीप्रति सच्चा, इमान्दार र आस्थावान कार्यकर्ताको मनोवल गिराउने कार्य गरेको बताए ।
“वडा समितिबाट सिफारिस गरिएको सच्चा कार्यकर्ताहरुको क्रियाशिल कटौती गर्ने र विधान विपरित गैरकाँग्रेसलाई पनि जबरजस्ती सदस्यता वितरण गर्ने कार्यको घोर भत्र्सना गर्दै क्रियाशिल सदस्यता छानविन निष्पक्ष ढंगले गर्न आग्रह गर्दछु,”–उनले भने ।
एमाले कार्यकर्तालाई क्रियाशिल सदस्यता वितरण
क्रियाशिल छानविन समितिले नेपाल कम्युनिष्ट पार्टी एमालेका कार्यकर्तालाई काँग्रेसको क्रियाशिल सदस्यता प्रदान गरेको छ । पार्टीको १४ औँ महाधिवेशनका लागि वितरण गरिएको क्रियाशिल सदस्यतामा एमालेको वडा कमिटिमा रहेकालाई क्रियाशिल सदस्यता वितरण गरिएको काँग्रेस रसुवाले जनाएको छ ।
तिहार अगाडि ७५ जिल्लाको क्रियाशिल सदस्यता विवाद टुङ्गीदा रसुवा र रौतहटको क्रियाशिल सदस्यता टुङ्गीन बाँकी रहेकोमा रसुवाको आइतबार मात्र टुङ्ग्याइएको थियो ।
क्रियाशिल सदस्यता विवाद समाधान समितिले पार्टीभित्रका इमान्दार नेता तथा कार्यकर्ताको मनोवल गिराउने कार्य गरेको भन्दै रसुवा काँग्रेसले आपत्ति जनाएको छ ।
वडा कार्यसमितिबाट सिफारिस गरिएको कार्यकर्ताहरुको क्रियाशिल कटौती गर्ने र विधान विपरित गैरकाँग्रेसलाई जवरजस्ती सदस्यता वितरण गरिएको भन्दै क्रियाशिल सदस्यता छानविन समितिको आलोचना समेत गरिएको छ ।
छानविन समितिले नेकपा एमालेको वडा कमिटीमा रहेकालाई समेत क्रियाशिल दिएर काँग्रेसकै बेइज्जत गरेको कार्यकर्ताको आरोप छ ।
क्रियाशिल सदस्यता छानविन निष्पक्ष तरिकाले नगरिएसम्म १४ औँ महाधिवेशनमा भाग नलिने रसुवाका नेता कार्यकर्ताले बताएका छन् ।
रसुवामा काँग्रेसको क्रियाशील सदस्यको संख्या तीन हजार ८५७ पुगेको छ ।

















चुनाव सार्ने भए ४ दिन अघि सारौँ : रवि लामिछाने
महिलाको दाबेदारः सुनसरीमा २० उम्मेदवार
जेनजी परिषद् गठन गर्ने सरकारको निर्णय
पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
कराते टोली रुस जाने
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : संयोजक दाहाल
पोखरा गोल्डकपको उपाधि सहारालाई
प्रतिक्रिया