शनिबार, पुष १९, २०८२

युवक हत्या प्रकरण : प्रहरीद्वारा आरोपित ८ जनाको नाम सार्वजनिक

मेरोन्यूज २०७८ कार्तिक २५ गते ८:१३

कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ स्थित सिद्वार्थ होटल नजिकै लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ८ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरू गरेको छ ।

प्रहरुीले पक्राउ परिएका ८ जनाको नाम पनि सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, सोही ठाउँ बस्ने २० वर्षीय आर्यन देवकोटा, सोही ठाउँ बस्ने २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय निशान मल्ल, टिकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रबीन रिमाल, टिकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन शाह रहेका छन्।

प्रहरीले संगक होटलमा आक्रमण हुन थालेपछि होटलका सञ्चालक र उनकी श्रीमतीलाई भने उनीहरुकै सुरक्षाका लागि नियन्त्रणमा लिएको जनाएको छ । घटनास्थलबाट सु.प.प्र.०१००८ प ५५६५ नम्बरको स्कुटर र सु.प.प्र. ०१००८ प १०७२ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी पनि बरामद गरेको जनाएको छ । घटनामा संलग्न अन्यको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया