हिमताल होइन, यमुना नदी (फोटोफिचर)

नयाँ दिल्ली । भारतको धार्मिक नदीले परिचित यमुना नदी फोहरका कारण हिमताल जस्तै देखिएको छ ।
भारतको उत्तराखण्ड, हिमाञ्चल प्रदेश, हरियाणा तथा दिल्ली हुँदै बग्ने यमुना नदीमा अत्याधिक प्रदुषणका कारण सेताम्मे फिँजहरु फैलिएर बगेपछि नदी छठपूजा गर्न र स्थान गर्न जाने ब्रतालुहरुसमेत प्रभावित भए । यमुना नदी अहिले सबैभन्दा बढी प्रदुषित नदीका रुपमा देखिएको छ ।

नदीमा स्नान गर्नेहरुले सेताम्मे देखिएको फिँजमै डुबुल्की मार्नु पर्ने अवस्था बन्यो भने नदीमा डुंगाहरु चलाउनसमेत समस्या भइरहेको छ ।
एक हजार ३ सय ७६ किलोमिटर लम्बाईको यमुना नदीको फिँजको फोटो खिच्न र त्यसमा रमाउनेहरु पनि उत्तिकै देखिएका छन् । हिउँजस्तै देखिएको फोहर फिँजसँगै रमाउँदै युवायुवतिहरुले टिकटकहरुसमेत बनाउने गरेका छन् ।

उद्योग, कलकारखानाबाट निस्एिका दुषित पानी सिधै नदीमा मिसाइनुका साथै शहरका ढलसमेत नदीमा मिसाइएका कारण नदी अत्याधिक प्रदुषित भएको हो ।
यमुना नदीमा भएको प्रदुषण अत्यन्तै चिन्ताजनक रहेको भन्दै विपक्षी दलका नेताहरुले सरकारको आलोचना गरिरहेका छन् ।




तस्वीरः अल्ताफ क्वाद्री/एपी
















छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ
फोहरलाई वर्गीकरण गरेर राख्न टीकापुर नगरपालिकाको आग्रह
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
बुटवल–नारायणगढ सडक अवरुद्ध
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
प्रतिक्रिया