हिमताल होइन, यमुना नदी (फोटोफिचर)

नयाँ दिल्ली । भारतको धार्मिक नदीले परिचित यमुना नदी फोहरका कारण हिमताल जस्तै देखिएको छ ।
भारतको उत्तराखण्ड, हिमाञ्चल प्रदेश, हरियाणा तथा दिल्ली हुँदै बग्ने यमुना नदीमा अत्याधिक प्रदुषणका कारण सेताम्मे फिँजहरु फैलिएर बगेपछि नदी छठपूजा गर्न र स्थान गर्न जाने ब्रतालुहरुसमेत प्रभावित भए । यमुना नदी अहिले सबैभन्दा बढी प्रदुषित नदीका रुपमा देखिएको छ ।

नदीमा स्नान गर्नेहरुले सेताम्मे देखिएको फिँजमै डुबुल्की मार्नु पर्ने अवस्था बन्यो भने नदीमा डुंगाहरु चलाउनसमेत समस्या भइरहेको छ ।
एक हजार ३ सय ७६ किलोमिटर लम्बाईको यमुना नदीको फिँजको फोटो खिच्न र त्यसमा रमाउनेहरु पनि उत्तिकै देखिएका छन् । हिउँजस्तै देखिएको फोहर फिँजसँगै रमाउँदै युवायुवतिहरुले टिकटकहरुसमेत बनाउने गरेका छन् ।

उद्योग, कलकारखानाबाट निस्एिका दुषित पानी सिधै नदीमा मिसाइनुका साथै शहरका ढलसमेत नदीमा मिसाइएका कारण नदी अत्याधिक प्रदुषित भएको हो ।
यमुना नदीमा भएको प्रदुषण अत्यन्तै चिन्ताजनक रहेको भन्दै विपक्षी दलका नेताहरुले सरकारको आलोचना गरिरहेका छन् ।




तस्वीरः अल्ताफ क्वाद्री/एपी
प्रतिक्रिया