पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आन्दोलन
मेरोन्यूज
२०७८ कार्तिक २६ गते ११:२०
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा विद्यार्थी संगठनहरूले आन्दोलन गरेका छन् । संगठनले नेपाल आयल निगम घेराउ गरी आन्दोलन गरेको हो ।
निगमले गत २४ गते राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । आन्दोलित विद्यार्थी संगठनहरूले शुक्रबार बिहान ९ बजेदेखि निगम घेराउ गरिरहेका छन् ।
निगमले पछिल्लोपटक डिजेल, पेट्रोल र मट्टीतेलको भाउ प्रतिलिटर ३ रुपैयाँ बढाएको छ भने खाना पकाउने एलपीजी ग्यासको मूल्य प्रतिसिलिण्डर ७५ रुपैयाँ वृद्धि गरेको छ ।
यससँगै उपत्यकामा पेट्रोलको भाउ प्रतिलिटर १३६ र मट्टीतेल र डिजेल ११९ रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित

















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
पाकिस्तानकाे अमेरिकी वाणिज्य दूतावासमा आक्रमण : ८ जनाको मृत्यु, थुप्रै घाइते
प्रतिक्रिया