एमालेको दशौं महाधिवेशनको लोगो सार्वजनिक, लाेगाेमा गैंडा
काठमाडौं । नेकपा (एमाले)को आसन्न दशौं महाधिवेशनको लोगो सार्वजनिक गरिएको छ ।
महाधिवेशन मूल व्यवस्थापन कमिटीले शुक्रबार पत्रकार सम्मेलन गरेर महाधिवेशनको लोगो सार्वजनिक गरेको हो ।
महाधिवेशनको लोगोमा पृष्ठभूमिमा १० अंक रहेको छ भने सून्य अंकको अग्रभागमा सूर्य चिन्ह अंकित छ ।
एमालेको दशौं महाधिवेशन गैंडाले परिचित राष्ट्रिय निकुञ्ज क्षेत्र चितवनमा गरिने भएकाले गैंडाले पार्टीको झण्डा बोकेको बनाइएको छ ।
एमालेले महाधिवेशनका लागि चन्दा नउठाउने निर्णय गर्दै पार्टी सदस्यहरुबाट अनिवार्य लेबी उठाउने निर्णय गरेको छ ।
महाधिवेशनको लोगो सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले ई–सेवामार्फत् पार्टीका सबै सदस्यलाई कम्तिमा एक सय रुपैयाँ पठाउन आग्रह गरिएको बताए ।
एमालेको महाधिवेशन आगमी मंसिर १०, ११ र १२ गते चितवनमा हुँदैछ । महाधिवेशनमा १ हजार ९ सय ९९ जना प्रतिनिधिहरू सहभागी हुनेछन् ।
















पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद
मल आपूर्ति सुनिश्चित गर्नुपर्ने अखिल नेपाल किसान महासङ्घको माग
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया