एमालेको दशौं महाधिवेशनको लोगो सार्वजनिक, लाेगाेमा गैंडा
काठमाडौं । नेकपा (एमाले)को आसन्न दशौं महाधिवेशनको लोगो सार्वजनिक गरिएको छ ।
महाधिवेशन मूल व्यवस्थापन कमिटीले शुक्रबार पत्रकार सम्मेलन गरेर महाधिवेशनको लोगो सार्वजनिक गरेको हो ।
महाधिवेशनको लोगोमा पृष्ठभूमिमा १० अंक रहेको छ भने सून्य अंकको अग्रभागमा सूर्य चिन्ह अंकित छ ।
एमालेको दशौं महाधिवेशन गैंडाले परिचित राष्ट्रिय निकुञ्ज क्षेत्र चितवनमा गरिने भएकाले गैंडाले पार्टीको झण्डा बोकेको बनाइएको छ ।
एमालेले महाधिवेशनका लागि चन्दा नउठाउने निर्णय गर्दै पार्टी सदस्यहरुबाट अनिवार्य लेबी उठाउने निर्णय गरेको छ ।
महाधिवेशनको लोगो सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले ई–सेवामार्फत् पार्टीका सबै सदस्यलाई कम्तिमा एक सय रुपैयाँ पठाउन आग्रह गरिएको बताए ।
एमालेको महाधिवेशन आगमी मंसिर १०, ११ र १२ गते चितवनमा हुँदैछ । महाधिवेशनमा १ हजार ९ सय ९९ जना प्रतिनिधिहरू सहभागी हुनेछन् ।












विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
Baglung adds 5,253 new voters for this poll
सेयर बजारमा सामान्य अंकको सुधार
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ:असिम शाह
प्रतिक्रिया