सर्वोच्चको विवादबारे वैद्य माओवादीको धारणाः संकट समाधान गर्न जनप्रतिनिधिसभाको स्थापना

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)मा महासचिव मोहन वैद्यले सर्वोच्च अदालतको विवादबारे पार्टीको धारणा सार्वजनिक गरेका छन् ।
वैद्यले शुक्रबार विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतमा देखिएको विवादले संसदवादी राजनीतिक पार्टीहरुको नौटङ्कीेको पर्दाफास भएको उल्लेख गरेका छन् ।
अहिले न्यायालयमा भएको परिघटनाले “शक्तिको पृथकीकरण संसदीय व्यवस्थाको सुन्दर पक्ष हो” भन्ने संसदवादी राजनीतिक पार्टीहरुको नौटङ्कीेको पर्दाफास गरेको छ ।– न्यायालयको अस्तब्यस्तताबारे आफ्नो पार्टीको धारणा सार्वजनिक गर्न भन्दै वैद्यले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
क्रान्तिकारी माओवादी महासचिव वैद्यले न्यायलयको अस्तब्यतताबारेमा तीन वटा कारण उल्लेख गरेका छन् ।
संसदीय व्यवस्थामा न्यायालयले तराजु देखाएर भ्रष्टाचारीलाई कानुनी संरक्षण दिने आजसम्म हुँदै आएको वैद्यले भनेका छन् ।
‘फरक यति हो, हिजो त्यो प्रक्रिया एकहदसम्म फाटेको जालले छेकिएको हुन्थ्यो, आज त्यो फाटेको जाल हटेको छ ।’
न्यायालय सेटिङ्मा चलेको छ र भ्रष्टाचारको अखडा बनेको कुरा सही भएको तर यसको मूल जिम्मेवार कुनै एकजना अमुक व्यक्ति मात्र नभएको पनि वैद्यले स्पष्ट गरेका छन् ।
अहिले न्यायपालिकामा देखिएको संकट संसदीय व्यवस्थाकै सङ्कट भएको उल्लेख गर्दै उनले संसदीय व्यवस्था अन्तर्गत न्यायपालिकामा गरिने सामान्य सुधारबाट विद्यमान सङ्कटको वास्तविक समाधान संभव नभएको बताएका छन् ।
न्यायपालिकाको संकटको एकमात्र समाधान राज्य सत्ताका सबै अङ्गहरुलाई नियन्त्रण र परिचालन गर्नसक्ने जनप्रतिनिधिसभाको स्थापना भएको वैद्यले स्पष्ट गरेका छन् ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया