इन्धनको मूल्यवृद्धिविरुद्ध काठमाडौंमा मशाल जुलुस
मेरोन्यूज
२०७८ कार्तिक २६ गते २०:०४

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेकपा(एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुले शुक्रबार साँझ काठमाडौंमा मशाल जुलुस निकालेको छ ।
अनेरास्ववियुका विद्यार्थीहरुले त्रिचन्द्र कलेज अगाडि मशाल जुलुस निकालेको हो । एमाले अखिलले प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि पनि शुक्रबार साँझ प्रदर्शन गरेका छन् ।

यसअघि विहीबार पनि आर आर क्याम्पस अगाडि प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेका थिए ।
उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
नेपाल आयल निगमले बुधबार रातीदेखि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ तथा खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिण्डर ७५ रुपैयाँले मूल्य बढाएको छ ।
सम्बन्धित
















मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया