देशभर थप २९५ जनामा कोरोना, दुई जनाको मृत्यु

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा ५ हजार २२५ जनाको पीसीआर परीक्षणमा २६० र ३ हजार १८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमण पुष्टी भएका थप दुई जनाको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
हालसम्म देशमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ११ हजार ४७१ को पुगेको छ ।
मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टाकै अवधिमा देशभरका विभिन्न अस्पतालबाट ४ सय ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यसैबीच, काठमाडौं उपत्यकामा भने शनिवार ११८ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ७९, ललितपुरमा ३३ र भक्तपुरमा ६ संक्रमित थपिएका हुन् ।
काठमाडौं उपत्यकामा हाल १ हजार ४ सय ४९ सक्रिय संक्रमित छन् ।
















मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया