अटोरिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु

कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेत गिरीघाटमा अटोरिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सुर्खेत–जुम्ला सडकखण्डमा बाङ्गे सिमलबाट गिरीघाटतर्फ जाँदै गरेको भे१ह ८४४ नंको रिक्सा दुर्घटना हुँदा वीरेन्द्रनगर–१ सुर्खेतका ४४ वर्षीया जमरा शाहीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । घाइते शाहीको कर्णाली केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।
दुर्घटनामा घाइते वीरेन्द्रनगर नगरपालिकाका ५३ वर्षीय लक्ष्मीबहादुर शाही र २० वर्षीय जगत शाही सामान्य उपचारपछि घर फर्किएका छन् । रिक्सा आफैँ अनियन्त्रित भएर सडकको कल्भर्टमा ठोक्किएर दुर्घटना भएको बताइएको छ । वीरेन्द्रनगर–१ सुर्खेतका २४ वर्षीय रिक्सा चालक रमेश शाहीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
प्रतिक्रिया