प्रधानन्यायाधीशलाई गेटमै रोक्ने बारेको तयारी

काठमाडौँ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमा रोक्ने गरी प्रदर्शन गर्ने बताएको छ । दुई सातादेखि आन्दोलनरत कानुन व्यवसायीहरुले आज सर्वोच्च अदालको मुख्य प्रवेशद्धार र प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश गर्ने गेटमा समेत धर्ना दिने जनाइएको छ ।
शुक्रबार प्रधानन्यायाधीश जबरालाई प्रवेशमा रोक लगाउने भन्दै कानुन व्यवसायीहरुले प्रदर्शन गरेका थिए । तर जबरा अर्को गेटबाट सर्वोच्च अदालतभित्र प्रवेश गरेका थिए । बारले आज बिहान साढे ९ देखि साढे ११ बजेसम्म प्रधानन्यायाधीश जबरा प्रवेश गर्ने मुख्य प्रवेशद्वारमै धर्ना दिने जनाएको छ ।
प्रधानन्यायाधीश जबराले सरकारमा भाग खोजेको भन्दै सर्वोच्चका न्यायाधीश र कानून व्यवसायीहरुले उनको राजीनामा माग गर्दै आएका छन् । तर जबराले राजीनामा नदिने बताउँदै आएका छन् ।
















इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
बाँकेमा हाइसको ठक्करबाट बालकको मृत्यु
स्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला
गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
प्रतिक्रिया