५०० मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिँदै

काठमाडौँ । त्रिपुरेश्वर आँखा अस्पतालले ५०० मोतियाविन्दुको शल्यक्रियाका लागि निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । यसका लागि डाक (डीएके) फाउण्डेशन पार्टन फर इक्युटीले अस्पताललाई आर्थिक एवंम् प्राविधिक सहयोग गर्ने जनाइएको छ ।
अस्पतालको १६औँ वार्षिक साधारणसभाका अवसरमा आवश्यकता र सर्भेक्षणका आधारमा यसै आर्थिक वर्षभित्र २० आँखा परीक्षण शिविर, १० विद्यालयमा आँखा कार्यक्रम र विभिन्न नौ स्थानमा अस्पतलले शल्यक्रिया शिविर सञ्चालन गर्ने जानकारी दिइयो । अस्पतालका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले सामाजिक संघसंस्थासँग मिलेर सेवा विस्तार गर्ने, सर्वसाधारणलाई आँखा स्वास्थ्य शिक्षा अवगत गराउने र आँखा उपचार क्षेत्रमा नवीनतम प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिने बताए ।
उनले भने, “नागरिक आँखा उपचारमा पहुँच सहज तुल्याउन प्राथमिक केन्द्र र गुणस्तर अभिवृद्धि संयन्त्र विस्तार गर्न लागिएको छ ।” नेपालमा आँखा उपचार सेवाका लागि ४८ वर्षअघि स्थापना भएको अग्रणी अस्पतालले न्यून शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आएको छ । आँखा सेवामा पहुँच विस्तारलाई तीव्रता प्रदान गर्ने कार्यक्रमसहित अघि बढिरहेको अस्पतालमा १५ विशेषज्ञ चिकित्सकसहितको जनशक्तिबाट सेवा प्रदान गरिँदै आएको छ ।
अस्पतालले खोकना, टोखा र थानकोटका भिजन सेन्टरलाई निरन्तरता दिँदै साँखुलगायतका थप तीन स्थानमा पनि थप सेन्टर स्थापना गर्ने कार्यक्रम अघि सारेको छ । उपत्यका बाहिर बाराका सिमरामा आँखा उपकार केन्द्र स्थापना गरिसकेको छ भने गोरखाको भच्चेकमा पनि स्थापनाका लागि अध्ययन भइरहेको जनाएको छ ।
कोभिड–१९को संक्रमण जोखिमकाबीच गत आर्थिक वर्षमा उक्त अस्पतालबाट ६५ हजार ४२९ ले ओपिडीबाट सेवा लिएकामा चालु आर्थिक वर्षमा ६८ हजार जनाले त्यो सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ । गत आर्थिक वर्षमा अस्पतालले नौ शल्यक्रिया शिविरमा पाँच हजार सात जनाको आँखा परीक्षण र ४६५ को शल्यक्रिया भएको अस्पताल सञ्चालक समितिका सचिव मेघराज गजुरेलले जानकारी दिए । त्यस्तै सात आँखा परीक्षण शिविरबाट दुई हजार ७३३ सर्वसाधारण लाभान्वित भएका थिए । अस्पताले ८० वर्ष नाघेकालाई २५ प्रतिशत र गरिबलाई निःशुल्क तथा सहुलियत शुल्कमा उपचार गर्दै आएको छ ।
अस्पतालले गत वर्ष एक हजार आठ गरिब बिरामीलाई उपचारमा पूर्ण तथा आंशिक छुट प्रदान गरेको थियो । गत आर्थिक वर्ष २०७७/७८ मा अस्पतालले ११ करोड नौ लाख ११ हजार आम्दानी भएकामा नौ करोड १६ लाख ६६ हजार खर्च भएको विवरण कोषाध्यक्ष सविता भण्डारीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । अस्पतालका संस्थापक डा रामप्रसाद पोखरेलले नेपालमा आँखा उपचार सेवा र जनशक्ति वृद्धिमा भएको प्रगतिप्रति खुशी व्यक्त गर्दै यसको श्रेय त्रिपुरेश्वर आँखा अस्पतालको समेत रहेको बताए ।
अस्पतालका प्रमुख डा कमल खड्काले अस्पतालकातर्फबाट आँखा उपचार सेवा दूरदराजका गाउँबस्तीमा पु¥याउने कोसिस भइरहेको जानकारी दिए । उक्त आँखा अस्पतालले हाल दैनिक सरदर ४०० देखि ६०० सर्वसाधारणलाई आँखा उपचार सेवा पु¥याउँदै आएको छ । नारायण न्यौपाने/रासस










काठमाडौँ महानगरका १०७ विद्यालय खारेज गर्ने तयारी
कक्षा १२ को परीक्षा फाराम खुल्यो, आंशिकले पनि भर्न पाउने
एमाले महाधिवेशनपछि आज पहिलोपटक प्रदेश र जिल्ला कमिटीको भर्चुअल बैठक
दुई संसदीय समितिको बैठक बस्दै
गोकुल बास्कोटाको कटाक्ष : चुनाव हुँदैन भन्देै दलहरु भित्रभित्रै समानुपातिक उमेदवार नाम बटुल्दैछन्
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया