नेपाली बजारमा सुन अभाव, कोटा बढाउन माग
मेरोन्यूज
२०७८ कार्तिक २८ गते १२:२१

काठमाडौँ । नेपाल सुनचाँदी महासंघले सुनको कोटा बढाउन आग्रह गरेको छ । अहिले बजारमा दैनिक ३० किलो सुनको माग रहेको छ ।
हालको आपूर्ति व्यवस्थाले बजारको माग धान्न नसकेको भन्दै आपूर्ति बढाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको महासंघका अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए ।
हाल वाणिज्य बैंकमार्फत सुनको आपूर्ति हुँदै आएको छ । त्यसलाई व्यवस्थित र प्रभावकारी बनाउन ‘गोल्ड बैंक’मार्फत आपूर्ति व्यवस्था मिलाउन महासंघले आग्रह गरेको छ ।
यस्तै, सुनको वितरण काठमाडौँ केन्द्रीत भएको भन्दै विकेन्द्रित गरी तोकिएका नाकाबाट कच्चा सुन पाउने व्यवस्था मिलाउनु पर्नेमा अध्यक्ष शाक्यले जोड दिए ।
हाल राष्ट्र बैंकले सुनको दैनिक कोटा २० किलो रहने व्यवस्था गरेको छ ।
सम्बन्धित

















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
आज २०८२ साल फागुन १७ गते आइतबारको राशिफल
प्रतिक्रिया