माओवादी छोडी एमालेमा लागेका यी नेता छानिए महाधिवेशन प्रतिनिधि

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता असफल भएपछि माओवादी केन्द्रमा नफर्कि एमालेमै रहेका कतिपय नेताहरु अहिले एमालेको महाधिवेशन प्रतिनिधि चयन भएका छन् । केन्द्रीय समितिमा रामबहादुर थापा (बादल), टोपवहादुर रायमाझी, लेखराज भटट, प्रभु साहसहित २३ जना पूर्व माओवादी नेताहरु अहिले एमालेमा छन् ।
एमालेले चितवनमा मंसिर १० देखि १२ गतेसम्म पार्टीको १० औं राष्ट्रिय सम्मेलन आयोजना गदैछ । त्यसका लागि अहिले धमाधम एमालेको महाधिवेशन प्रतिनिधी चयनको काम भइरहेको छ । कात्तिक २७ मा देशभर एकैपटक महाधिवेशन प्रतिनिधी छान्ने गरी कार्यक्रम राखेको एमालेले कात्तिक ३० भित्र छानिएका प्रतिनिधीको नाम केन्द्रीय कार्यालयमा पठाउन आन्तरिक सर्कुलर गरेको छ ।
सकभर प्रतिनिधी सर्वसम्मत रुपमा छान्न अध्यक्ष केपी ओलीले प्रतिनिधी छनौटको अघिल्लो साँझ भिडियो सन्देश दिँदै आग्रह गरेका थिए । उच्च स्तरको एकता कायम गरी समझदारीका साथ सर्वसम्मत महाधिवेशन प्रतिनिधी छनौट गर्न ओलीले आग्रह गरेका थिए ।
एमाले विरुद्ध अन्य राजनीतिक दलहरुको गठवन्धन रहेको र घेरावन्दी कायम रहेको, पार्टी विभाजित भएको अवस्थामा सुढृढ एकता कायम गर्न पनि महाधिवेशन प्रतिनिधी सर्वसम्मत छान्न एमालेले पार्टी मातहात कमिटिलाई निर्देशन गरेको थियो ।
सो आधारमा उपमहासचिव घनश्याम भुसालको निर्वाचन क्षेत्र रुपन्देही ३ र रुपन्देही ४ मा वाहेक अन्य करिब एमालेले सर्वसम्मत नेतृत्व चयनको प्रयास गरेको बताएको छ । केन्द्रीय कार्यालयका सचिव शेरवहादुर तामाङ्गले ७३ जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको दावी गरेका छन् । तर सवै जिल्लाको महाधिवेशन प्रतिनिधीको अन्तिम नामावली केन्द्रीय कार्यालयमा आइसकेको छैन ।
आएका तथ्यांकका आधारमा हेर्दा माओवादी केन्द्र छोडेर एमालेमा रहेका केही नेता कार्यकर्ता पनि सर्वसम्मत महाधिवेशन प्रतिनिधी छनौट गर्दा महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
मेरो न्यूजलाई प्राप्त भएको जानकारी अनुसार अहिलेसम्म माओवादी छोडेर एमालेमा रहेका जिल्ला, प्रदेश स्तरका नेताहरुलाई एउटा जिल्लावाट कम्तीमा एक जना भने पनि महाधिवेशन प्रतिनिधिका रुपमा समेटेर ल्याइएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
केन्द्रीय सदस्यहरु स्वत महाधिवेशन प्रतिनिधि हुनेछन् । त्यसका आधारमा एमालेमा लागेका २३ जना पूर्व माओवादी नेताहरु स्वत महाधिवेशन प्रतिनिधि हुनेछन् । त्यसअतिरिक्त अहिलेसम्म प्राप्त जानकारी अनुसार झण्डै एक दर्जन बढी पूर्व माओवादी नेता कार्यकर्ता जो एमालेमा रहेका थिए , ती महाधिवेशन प्रतिनिधि चयन भएर आएका छन् ।
माओवादी छोडी एमालेमा रहेका नेताहरु कहाँ कहाँ बाट को को चुनिएर आए ?
ओखलढुंगा : बालकृष्ण ढुंगेल
ललितपुर : महिलातर्फ मन्जली शाक्य
चितवन १ : प्रकाश खनाल (शैलेस)
सल्यान : तिलक मल्ल
सुर्खेत : गंगा दाहाल (खुल्ला) र गङगाराम तिमल्सिना
राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल : आरसी न्यौपाने
दोलखा : कृष्ण भुजेल
भक्तपुर : मिलन सुवाल
रोल्पा : जुन कुमारी रोका
रुकुम पश्चिम : चन्द्र बि क
दाङ : रामजी चौधरी
नेपालगञ्ज : दुर्गा चौधरी
कैलाली : मिनवहादुर सिंह र लक्ष्मी साह
















दाङमा पर्खालमा च्यापिएर एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर
सिरहाबाट १९ केजी गाँजासहित एक युवक पक्राउ
Legendary singer Asha Bhosle passes away
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया