सत्तारुढ दलकै विद्यार्थीहरुले गरे रित्तो सिलिण्डर प्रदर्शन (फोटोफिचर)

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध सत्तारुढ दलनिकट विद्यार्थी संगठनले सडकमा रित्तो ग्यास सिलिन्डरसहित विरोध प्रदर्शन गरेका छन् ।
नेपाल आयल निगमले गत बुधबार रातीदेखि लागू हुने गरी खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेपछि विभिन्न क्षेत्रबाट विरोध भइरहेकाबेला सत्तारुढ दल निकट विद्यार्थी संगठनहरु नै सडक आन्दोलनमा उत्रिएका छन् ।
इन्धनको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै आन्दोलन थालेका उनीहरुले शुक्रबार आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्दै निगमका महाप्रबन्धकसहित कर्मचारीलाई दुई घण्टा कार्यालय प्रवेश गर्न रोक लगाएका थिए ।

उनीहरुले मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै यसअघि कात्तिक २५ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीसहित सत्तारुढ पाँच विद्यार्थी संगठनका साथै वैद्य निकट अखिल क्रान्तिकारी पनि संयुक्त आन्दोलनमा छ ।
इन्धनको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि आन्दोलन गर्दै आएको छ ।




तस्वीरहरुः जुली गिरी
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया