देशभर थप ३०६ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ८ जनाको पीसीआर परीक्षण गर्दा २९१ जना र १ हजार ५ सय ९८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख ९८ हजार २७४ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमण पुष्टी भएका ६ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्य ११ हजार ४ सय ७७ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा भने थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं जिल्लामा ७६ जना, ललितपुरमा २९ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया