सोमालियामा खाद्य संंकट, ३५ लाख मानिस प्रभावित हुने

काठमाडौँ । सोमालियामा खडेरीका कारण खाद्य संकट परेको छ । यहाँका नागरिकहरूले खाद्यान्न अभावको समस्या झेलिरहेको र दिन प्रतिदिन यो समस्या बढ्दै गएको देखिएको छ ।
सोमालियामा रहेको संयुक्त राष्ट्र संघीय मानवीय सहायतासम्बन्धि निकायले खाद्य संकटबारे जानकारी दिएको छ । मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्र संघीय कार्यालय (ओसिएचए)ले सोमालियामा आगामी सन् २०२२ को मे महिनासम्म खाद्यान्न अभावको समस्या झन् बढ्ने जनाएको छ ।
समयमा पानी नपरेकाले देशव्यापी सुख्खापन भएको र जसका कारण अहिले १७ लाखभन्दा बढी मानिस खाद्यान्नको अभावबाट प्रभावित भएका बताइएको छ । साथै सो संस्थाले सन् २०२२ को मे महिनासम्म कम्तीमा ३५ लाख मानिसमा खाद्यान्न अभाव देखिने पाइएको जनाएको छ ।
खडेरीले नागरिक प्रभावित भएका हुन् । यसै वर्षको अप्रिलदेखि नै यहाँका मानिसले खाद्य संकट व्यहोरिरहेका छन् । आवश्यक मात्रामा पानी नपरेकाले उब्जनी नहुँदा खाद्यान्न उत्पादन हुन सकेको छैन ।
सोमालियाको सरकारले यही अप्रिलदेखि नै संयुक्त राष्ट्र संघीय अधिकारीसँग परामर्श गरी खडेरीले खाद्य संकट पर्न गएको घोषणा गरिएको थियो । सोही कारण संयुक्त राष्ट्र संघीय मानवीय सहायतासम्बन्धी उक्त निकायले सहयोगका लागि विदेशी दातृ संस्था वा देशलाई आग्रह गरेको छ ।









अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक बोलाएपछि एमालेको बन्दसत्र सर्यो
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया