सोमालियामा खाद्य संंकट, ३५ लाख मानिस प्रभावित हुने

काठमाडौँ । सोमालियामा खडेरीका कारण खाद्य संकट परेको छ । यहाँका नागरिकहरूले खाद्यान्न अभावको समस्या झेलिरहेको र दिन प्रतिदिन यो समस्या बढ्दै गएको देखिएको छ ।
सोमालियामा रहेको संयुक्त राष्ट्र संघीय मानवीय सहायतासम्बन्धि निकायले खाद्य संकटबारे जानकारी दिएको छ । मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्र संघीय कार्यालय (ओसिएचए)ले सोमालियामा आगामी सन् २०२२ को मे महिनासम्म खाद्यान्न अभावको समस्या झन् बढ्ने जनाएको छ ।
समयमा पानी नपरेकाले देशव्यापी सुख्खापन भएको र जसका कारण अहिले १७ लाखभन्दा बढी मानिस खाद्यान्नको अभावबाट प्रभावित भएका बताइएको छ । साथै सो संस्थाले सन् २०२२ को मे महिनासम्म कम्तीमा ३५ लाख मानिसमा खाद्यान्न अभाव देखिने पाइएको जनाएको छ ।
खडेरीले नागरिक प्रभावित भएका हुन् । यसै वर्षको अप्रिलदेखि नै यहाँका मानिसले खाद्य संकट व्यहोरिरहेका छन् । आवश्यक मात्रामा पानी नपरेकाले उब्जनी नहुँदा खाद्यान्न उत्पादन हुन सकेको छैन ।
सोमालियाको सरकारले यही अप्रिलदेखि नै संयुक्त राष्ट्र संघीय अधिकारीसँग परामर्श गरी खडेरीले खाद्य संकट पर्न गएको घोषणा गरिएको थियो । सोही कारण संयुक्त राष्ट्र संघीय मानवीय सहायतासम्बन्धी उक्त निकायले सहयोगका लागि विदेशी दातृ संस्था वा देशलाई आग्रह गरेको छ ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया