तिहारपछि पहिलोपटक सेयर बजारमा सुधार
मेरोन्यूज
२०७८ कार्तिक २९ गते १५:५७
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सुधार आएको छ । तिहारपछिका चार दिनसम्म १५८ अंकले घटेको बजारमा आज २६ अंकको सुधार आएको हो ।
यस क्रममा चार अर्ब ७३ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार हुँदा ८६ लाख कित्ता सेयर किनबेच भएको छ । आज कारोबार भएका सबै समूहमा सुधार आएको छ ।
विकास बैंक समूहमा १४१ अंक, जीवन बीमा समूहमा ११३ अंक र उत्पादन १०९ अंकको सुधार आएको छ । यसबाहेक अन्य सबै समूहमा पनि वृद्धि भएको छ ।
आज बोटलर्स नेपाल (तराई) र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ । यस्तै, तेह्रथुम पावर कम्पनी र मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेको छ ।
सम्बन्धित

















इरान युद्धसँगै भ्रामक सूचनाको बाढी
निर्वाचनमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्दै नेपाल रेडक्रस
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’ ढुङ्गा बिछ्याउन सुरु
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
प्रतिक्रिया