तिहारपछि पहिलोपटक सेयर बजारमा सुधार
मेरोन्यूज
२०७८ कार्तिक २९ गते १५:५७
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सुधार आएको छ । तिहारपछिका चार दिनसम्म १५८ अंकले घटेको बजारमा आज २६ अंकको सुधार आएको हो ।
यस क्रममा चार अर्ब ७३ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार हुँदा ८६ लाख कित्ता सेयर किनबेच भएको छ । आज कारोबार भएका सबै समूहमा सुधार आएको छ ।
विकास बैंक समूहमा १४१ अंक, जीवन बीमा समूहमा ११३ अंक र उत्पादन १०९ अंकको सुधार आएको छ । यसबाहेक अन्य सबै समूहमा पनि वृद्धि भएको छ ।
आज बोटलर्स नेपाल (तराई) र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ । यस्तै, तेह्रथुम पावर कम्पनी र मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेको छ ।
सम्बन्धित









प्रधानमन्त्री बन्ने चाहना छ, गोरुजस्तै जोतिएर देशको सेवा गर्नेछु – विप्लव
भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु
निर्वाचन बिथोल्ने गतिविधी नगर्न प्रचण्डकाे चेनावती
देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया