बिहीबार, पुष १०, २०८२

कोरोनाबाट गण्डकी प्रदेशमा ८७ हजार संक्रमित, एक हजार ४ सयको मृत्यु

मेरोन्यूज २०७८ कार्तिक २९ गते १६:१७

काठमाडौँ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जसमा कास्कीमा सबैभन्दा धेरै १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

पछिल्लो विवरणअनुसार सो प्रदेशमा कूल कोरोना संक्रमित ८७ हजार ६७१ जना पुगेका छन् ।

यस्तै, गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ४०३ पुगेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा यस प्रदेशमा एक जनाको मृत्यु भएको छ ।

आज स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका ८ का ६९ वर्षीया पुरुषको कोरोनाबाट मृत्यु भएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयका संयोजक नवराज शर्माले जानकारी दिए ।

प्रतिक्रिया