राप्रपाको सात वटै प्रदेशमा नेतृत्व चुनिए, तीन जना सर्वसम्मत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सात वटै प्रदेशका अध्यक्ष निर्वाचित भएका छन् ।
पार्टीको महाधिवेशनअघि सबै प्रदेशमा भएको छुट्टाछुट्टै अधिवेशनबाट प्रदेश अध्यक्षहरु निर्वाचित भएका हुन् । आइतबारदेखि सात वटै प्रदेशमा एकैसाथ अधिवेशन शुरु भएको थियो ।
प्रदेश १ बाट राम थापा अध्यक्षमा निर्वाचित भएका छन् भने प्रदेश २ बाट भरत गिरी निर्वाचित भएका छन् ।
यस्तै, बाग्मति प्रदेशको अध्यक्षमा बिक्रमबहादुर थापा निर्वाचत भएका छन् भने गण्डकी प्रदेशबाट हेमजंग गुरुङ विजयी भएका छन् ।
यसैगरी लुम्बिनी प्रदेशको अध्यक्षमा प्रदीपकुमार उदय, कर्णाली प्रदेशमा दिपबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट धर्मराज जोशी निर्वाचित भएको राप्रपा महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठले बताए । थापा, शाही र जोशी सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।
प्रदेश १ मा राम थापाले भक्ति सिटौलालाई पराजित गरेका हुन् भने गण्डकीमा हेमजंगले मदनबहादुर कार्की र लुम्बिनीमा प्रदीप उदयले लुम्बिनी प्रदेशमा ऋषिराज सापकोटालाई पराजित गरेका थिए ।
राप्रपाको महाधिवेशन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।
















झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ शेयर निस्कासन गर्ने
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया