आइतबार, चैत २९, २०८२

जनकपुर विवाद मिलाउन सात बुँदे सहमति, निषेधाज्ञा भोलिसम्म कायमै

मेरोन्यूज २०७८ कार्तिक २९ गते २१:२६

जनकपुरधाम । धनुषाको जनकपुरमा हिन्दु र मुश्लिम समुदायको विवाद समाधानका लागि सात बुँदे सहमति भएको छ ।

जनकपुर उपमहानगरपालिकाका प्रमुख, उपप्रमुखको उपस्थितिमा रुपैठाका स्थानीयबीच भएको छलफलपछि सात बुँदे सहमति भएको हो ।
जनकपुरको रुपैठामा दुई समुदायबीच देखिएको विवाद समाधानका लगि सोमबार ७ बुँदे सहमति भएको छ ।

छठ पर्वका दिन दुई समुदायबीच विवाद चर्किएपछि स्थानीय प्रशासनले शनिवार दिउँसो २ बजेदेखि निषेधाज्ञा जारी गरेको थियो ।

दुई समुदायबीच सहमति भएपनि स्थानीय प्रशासनले भने मंगलबार राती १० बजेसम्मका लागि निषेधाज्ञा जारी नै राखेको छ ।

दुवै पक्षले सद्भाव कायम राख्न सामाजिक सञ्जालका साथै अन्य कुनै पनि अनर्गल प्रचार नगर्ने पनि समझदारी गरेका छन् ।

साथै सो क्षेत्रको विकास निर्माणमा सहयोग पु¥याउन जनकपुरधाम उपमहानगरपालिकाका उपमेयरको संयोजकत्वमा दुबै पक्षका ४/४ जना प्रतिनिधि रहने गरी ९ सदस्यीय समिति गठन गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया