नेपाल बन्द गराउने ११ पक्राउ
मेरोन्यूज
२०७८ कार्तिक ३० गते ७:५७

दमौली । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा खटिएका नेकपाका ११ जना कार्यकर्ता दमौलीबाट पक्राउ परेका छन् । आज बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका विप्लव पार्टीका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम पन्त, मजदुर जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचिव शिव सदाशंकरलगायत पक्राउ परेको पार्टीका जिल्ला इञ्चार्ज पूर्णजित पुनले जानकारी दिए । पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न उनले माग गरे । नेपाल बन्दका कारण दमौली बजार बिहानैदेखि सुनसान छ ।
सम्बन्धित








र्यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार
जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन
बुधबारदेखि सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
एमालेमा युवा नेत्री केन्द्रीय सदस्यका दावेदार
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड
एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै
जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
जनार्दन शर्मालाई गृहजिल्लामै कालो झण्डा
प्रतिक्रिया