मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
मेरोन्यूज
२०७८ कार्तिक ३० गते ८:२४

काठमाडौँ । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान मध्यपुरठिमी नगरपालिका-४ चारदोबाटोमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको हो ।
बागमती प्रदेश ०३-०२७ प २३५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक घर भई भक्तपुरको लोकन्थली बस्ने २९ वर्षीय चालक प्रदीप कार्कीको मृत्यु भएको बताइएको छ । उनको मध्यपुरथिमि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल सडकमा राखिएको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।
सम्बन्धित













यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज मूल्य
भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण
आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु
बुद्ध एयर जहाज दुर्घटना अपडेट : सहचालक सहित सात यात्रु सामान्य घाइते
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रतिक्रिया