प्रदेश १ का मुख्यमन्त्री राई विश्वासको मत लिंदै

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभाबाट विश्वासको मत लिंदै छन् । उनले आज साढे १२ बजे बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिन लागेका हुन् ।
राई गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश १ मा नेकपा एमालेको बहुमत घुमेपछि एमालेका भिम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि गठबन्धनको तर्फबाट राई मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनु पर्ने छ । ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ सांसदको आवश्यक पर्छ । प्रदेशसभामा गठबन्धनमा ५० सांसद छन् । यस्तै प्रमुख प्रतिपक्षी दल एमालेसँग ४० र राप्रपासँग एक सांसद छन् । सोमबार बसेको पाँच दलिय गठबन्धनको बैठकले राईको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

















हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि
कोका–कोला नेपालले सुरु गर्यो फिफा वल्ड्र कप २०२६ अभियान
UML Chair undergoes surgery
वर्षको अन्तिम दिन घट्यो सेयर बजार
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया