कांग्रेस महाधिवेशन
कांग्रेसकाे बागमती प्रदेश प्रतिनिधिमा प्रमोद रिमालले गरे उम्मेदवारी घोषणा

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका प्रभावशाली नेता प्रमोद रिमालले बागमती प्रदेश प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गरेका छन् । मंसिर ३ गते हुन लागेको निर्वाचनमा उनले नुवाकोट क्षेत्र नम्वर १ को (क) बाट बागमती प्रदेश प्रतिनिधीमा खुल्ला तर्फबाट उम्मेदवारी घोषणा गरेका हुन् ।
कांग्रेसभित्र इमान्दार र त्यागी राजनीतिक छवि बनाएका रिमाल देश र जनताको हितमा सदैव क्रियाशिल रहँदै आएका नेतामा पर्छन् ।
इमान्दार,लगनशील र कार्यकर्ताका दुःख सुखमा सँधै काँधमा-काँध मिलाएर हिड्न सक्ने खुवी बनाएका रिमालले पार्टीभित्रको गुट, उपगुट त्यागेर पूर्ण लोकतान्त्रिक र विधि प्रक्रियामा चल्ने कांग्रेस बनाउन पनि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
कांग्रेसका क्षेत्रिय प्रतिनिधीहरुलाई मतदान गरेर नपछुताउने बन्नका लागि पनि खुल्ला प्रदेश प्रतिनिधीका लागि आफूलाई मतदान गर्न रिमालले आग्रह गरेका छन् ।
को हुन् रिमाल ?

नुवाकोटको साविक रालुकादेवी ७ (हालको तादी गाउँपालिका ३ ) मा जन्मिएका प्रमोद रिमालले नेपाली कांग्रेसको सक्रिय राजनीति गरेकै चार दशक पुगिसकेको छ । तीसको दशकमै कांग्रेसको विधार्थी संगठन नेपाल विधार्थी संघबाट उनले राजनीति शुरु गरेका थिए । रिमाल २०३५ सालमा नेविसंघको जिल्ला सचिव थिए ।
पञ्चायती शासनकालमा बहुदलिय प्रजातन्त्रको पुर्नस्थापनाको माग गरेका राजनीतिक पार्टीलाई तत्कालिन शासकहरुले प्रतिवन्ध लगाएको थियो । पार्टी प्रतिवन्धित हुँदा रिमाल त्यसवेला पनि कांग्रेसको नुवाकोट जिल्ला सदस्यका रुपमा क्रियाशिल थिए ।
२०४२ सालमा उनी नेविसघंंको तर्फबाट ताहाचल क्याम्पस काठमाडौंमा स्ववियु सभापति समेत लडेका थिए ।
२०४६ सालको जनआन्दोलन अगाडी नै रिमालले नेपाल तरुण दलको दुई कार्यकालसम्म जिल्ला अध्यक्ष भएर काम गरेका थिए । त्यसपछि पञ्चायत विरोधी आन्दोलनमा सक्रियतापूर्वक लागेकै कारण त्यसवेलाको पञ्चायती शासकहरुले रिमाललाई पटक-पटक जेलनेलको सँजायाँ दिएको थियो ।
त्यसवाट पनि उनी विचलित भएनन ।
राजनीतिमा उनको लगनशीलता, निरन्तरता जारी नै रह्यो । राजनीतिलाई पेशा भन्दा पनि विशुद्द समाजसेवा बनाउँदै हिडेका रिमाल नेपाल तरुण दलमा विनोद कायस्थ अध्यक्ष हुँदा केन्द्रीय सदस्य भएका थिए । कायस्थपछि तरुण दलमा उदयशम्शेर राणा अध्यक्ष चुनिए । त्यो कार्यकालमा पनि उनी संगठनको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए ।

पञ्चायत विरोधी आन्दोलनमा पटक-पटक जेलनेल भोगेका रिमाल जनआन्दोलनपछि पनि निरंकुश राजाले सत्ता आफ्नो हातमा लिएपछि फेरि पक्राउ परे । निरंकुश राजाको कदमका विरुद्द भएको आन्दोलनका क्रममा पनि उनले फेरि ६ महिना जेलको कष्टकर जीवन ब्यतित गरेका थिए ।
उनीसँग माध्यामिक विधालयको हेडमास्टर भएर काम गरेको अनुभव पनि छ । कांग्रेसको राजनीतिमा झण्डै चार दशक समय गुजारेका रिमालले राजनीतिलाई आफ्नो ब्यक्तिगत अवसर र लाभको रुपमा कहिल्यै उपयोग गरेनन । सधै मूल्य, मान्यता र निष्ठाको राजनीति गर्दै आएका रिमाल एक कुशल संगठनकर्ता, पार्टीको अनुशासित कार्यकर्ता, बैचारिक नेता पनि हुन् ।
जीवनको उर्जाशिल समय, खर्च कांग्रेसका लागि गरेका रिमाललाई वागमति प्रदेश प्रतिनिधीका लागि काग्रेसका प्रभावशाली नेताहरु डा रामशरण महत, डा प्रकाशशरण महत लगायत नेताहरुको साथ र समर्थन रहेको छ । शुसिल खड्काको समुहवाट उनले प्रदेश प्रतिनिधीमा उम्मेद्वारी घोषणा गरेका हुन् ।



















भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा लगाइयाे ताला
कांग्रेसले बोलायो अनुशासन समिति बैठक
शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च
बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया