उच्चस्तरीय राजनीतिक समन्वय समितिको पहिलो बैठक बस्दै

काठमाडौँ । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले समितिको पहिलो बैठक बोलाएका छन् । उनले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक बोलाएका हुन् ।
बैठकमा समसामयिक राजनीति, आसन्न राष्ट्रियसभा निर्वाचन, समितिको कार्यविधि, समितिको सचिवालय बनाउने लगायतका विषयमा छलफल हुने बताइएको छ । समिति गठन गरेको दिन कात्तिक ३० गते पहिलो बैठक गर्ने सहमति भएको थियो । त्यसै अनुसार आज बैठक बोलाइएको हो ।
समन्वय समितिमा नेपाली कांग्रेसबाट पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठ, नेकपा समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जसपाबाट उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल छन् । यस्तै समितिमा सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि छन् ।
















झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ शेयर निस्कासन गर्ने
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया