चितवनमा विप्लवका जिल्ला इन्चार्जसहित ११ कार्यकर्ता पक्राउ

चितवन । चितवनमा जर्बजस्ती बन्द गराउँदै हिडेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ११ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पेट्रोलियमपदार्थमा भएको मुल्यवृद्धिको विरोधमा आयोजना गरिएको बन्द कार्यक्रममा सहभागी विप्लवका समूहका ११ कार्यकर्ता चितवनबाट पक्राउ परेका हुन् ।
प्रहरीले विप्लवका चितवन जिल्ला इन्चार्ज सन्देश पौडेलसहित एघार कार्यकर्तालाई गिरफ्तार गरेको नेकपा चितवन विशेष जिल्ला सेक्रेटरी विश्वनाथ चौधरी ‘महेश’ले जानकारी दिए ।
बन्दका कारण चितवनमा विहानैदेखि सार्वजनिक सवारी साधनहरु सञ्चालन भएका छैनन् ।
चितवनको मुख्य बजार क्षेत्र नारायणघाट पूर्णतया बन्द रहेको छ भने जिल्लामा विद्यालय, उद्योग कलकारखाना पनि सञ्चालन भएका छैनन् ।
मुख्य राजमार्गमा हलुवा सवारी साधन तथा निजी गाडीहरु सञ्चालन भएका छन् ।
उता, नवलपरासीपूर्वमा पनि विप्लवका कार्यकर्ताले अबरोध गरेका छन् । नवलपुरको कावासोती तथा प्रगतिनगर क्षेत्रमा राजमार्गमा टायर बालेर बाटो अवरुद्ध पारिएको छ ।
लामो दूरीका सवारी साधन तथा मालबाहक ट्रकहरुलाई राजमार्गमा प्रहरीले स्कर्टिङ गरेर सञ्चालन गराएको छ ।
















आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो
इन्डोनेसियाको कुरान घटनामा दुई महिला पक्राउ
‘निर्वाचनसँगै रेडक्रस सोसाइटी लयमा फर्किन अपेक्षा’
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया