बारको थप आन्दोलन घोषणाः देशभरिका उच्च अदालतमा समेत बिरोध प्रदर्शन गर्ने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा बिरुद्ध आन्दोलन गरिरहेको नेपाल बार एसोसियसनले आन्दोलनको कार्यक्रम थप गरेको छ ।
मंगलबार साँझ बसेको नेपाल बार एसोसियसनको कार्यसमितिको बैठकले आगामी शुक्रबार सम्मका लागि आन्दोलनको कार्यक्रम थप गरेको हो ।
आगामी आन्दोलनमा सर्वोच्च अदालत अगाडिको धर्ना प्रदर्शनलाई निरन्तरता दिदै देशभरिका १८ वटा उच्च अदालतमा समेत बिरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
मंसीर ३ गते शुक्रबार सम्म प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजिनामा नआए केन्द्रिय प्रतिनिधि पठाएर उच्चअदालतहरुमा बिरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले मंसीर ३ गते संसदमा रहेका सबै दलहरुको कार्यालयमा ज्ञापन पत्र बुझाउने जानकारी दिए ।
यस्तै, नेपाल बारले प्रधानन्यायाधिश बिना संबैधानिक परिषद्को बैठक बोलाएर अदालतमा देखिएको समस्या हल गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
यस्तै प्रधानन्यायाधिश चोलेन्द्र समशेर जबराले अहिले सम्म गरेका बिबादित फैसला सम्बन्धि कागजपत्र संकलन गरि अध्ययन गर्ने निर्णय गरेको छ । नेपाल बारले आन्दोलनमा कालोकोट लगाएका राजनैतिक दलका कार्यकर्ताको घुसपैठ भएको भन्ने समाचारमा कुनै सत्यता नभएको स्पष्ट परेको छ ।
साथै सर्वोच्च अदालत र नेपाल बारको परिशरमा अर्ध सैनिकबल प्रवेश गराई बिरोध गर्न पाउने अधिकार कुण्ठित गर्न खोजिएको भन्दै निन्दा गर्ने निर्णय गरेको छ ।
नेपाल बारले आन्दोलन अबधिभर प्रधानन्याधीश उपस्थित सबै कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको छ ।
यस्तै, न्याय परिषद र न्याय सेवा आयोगका पदाधिकारीलाई बैठकमा सहभागी नहुन नेपाल बार एशोेसियशनले अनुरोध गर्ने निर्णय गरेको छ ।
















‘निर्वाचनसँगै रेडक्रस सोसाइटी लयमा फर्किन अपेक्षा’
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद
मल आपूर्ति सुनिश्चित गर्नुपर्ने अखिल नेपाल किसान महासङ्घको माग
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
सरकारले युवालाई आफ्नै गाउँमा बसौँ बसौँ लाग्ने बनाउने छ : राष्ट्रपति (पूर्णपाठ)
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया