सरकार न्यायालय विवादको मुखदर्शक भएर बस्न मिल्दैन : नेता सिंह

बिराटनगर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार न्यायालयमा भइरहेको विवादको मुखदर्शक भएर बस्न नमिल्ने बताएका छन् ।
बुधबार विराटनगर पुगेका नेता सिंहले बिराटनगर बिमानस्थमा पत्रकारहरुसँग कुरा गर्दै न्यायालय स्वतन्त्र निकाय भएकोले त्यहाँ देखिएको विवाद विधिसम्वत तरिकाले नै समाधान गर्नुपर्ने बताएका हुन् ।
एकदुई जना व्यक्तिका कारण सम्पूर्ण न्यायालयलाई नै विकृत बनाउन नहुने उनको भनाइ छ ।
‘न्यायालय स्वतन्त्र निकाय हो । सरकार न्यायापालिका भईरहेको विवादको मुख दर्शक हुनु हुँदैन । विधि र नियमअनुसार सरकारले छिटो न्यायालयको विवाद समाधान गनुपर्दछ’ नेता सिंहले भने ।
वर्तमान स्थितिमा अर्लिइलेक्शनको सम्भावना नभएको भन्दै अब समयमा नै संघीय र स्थानीय निकायको निर्वाचन हुने उनले बताए । उनले पार्टीको आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने समेत दोहो¥याए ।वर्तमान नेतृत्व असफल भएको र जनताले विश्वास गर्न छाडेकाले नेतृत्व परिवर्तन जरुरी रहेको उनको भनाई छ ।


















भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा लगाइयाे ताला
कांग्रेसले बोलायो अनुशासन समिति बैठक
शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च
बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया