देउवाका गृहजिल्लाका कार्यकर्ताको सानेपामा धर्ना

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लाका कांग्रेस कार्यकर्ताहरुले पार्टीको केन्द्रीय कार्यालय सानेपामा धर्ना शुरु गरेका छन् ।
वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने आफूहरुको माग सुनुवाई नगरेको भन्दै नेपाली काँग्रेस डेडलधुराका सभापति कर्णबहादुर मल्लसहितका नेता, कार्यकर्ताले सानेपास्थित पार्टीको केन्द्रिय कार्यालयमा रिले अनसन सुरु गरेका हुन ।
पार्टीको विधि, विधान, निर्वाचन निर्देशिका विपरित गराइएको वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने भन्दै उनीहरुले बुधबारबाट पार्टी केन्द्रिय कार्यालयमा रिले अनसन थालेका छन् ।
डडेलधुराका हजारौं पार्टी नेता, कार्यकर्ताको भावना अनुसार पुनः अधिवेशन गर्न गरिएको मागको केन्द्रिय सभापति शेरबहादुर देउवाले सुनुवाई नगरेपछि आफूहरुले बाध्य भएर पार्टी केन्द्रमै रिले अनसन सुरु गर्नु परेको सभापति मल्लले बताए ।
त्यसैगरी नेविसंघ, जिल्ला कार्य समिति डडेलधुराकी नेतृ देवकी जोशीले पनि पार्टीका केन्द्रिय सभापतिसँग न्याय माग्न आफूहरु पार्टी केन्द्रिय कार्यालयमानै रिले अनसन बस्न बाध्य हुनुपरेको भन्दै आक्रोश व्यक्त गरिन् ।
सभापति मल्ल नेतृत्वको टोलीले पार्टी केन्द्रिय सभापति देउवाले आफ्नै जिल्लाका पार्टीका बहुमत नेता, कार्यकर्तालाई अन्याय हुने गरी गरिएको वडा र पालिका अधिवेशन पुनः नभए आफूहरु पार्टी केन्द्रिय कार्यालयमै धर्ना र अनसन बस्न बाध्य हुने भन्दै कात्तिक २७ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेको थियो ।
















कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया