सिन्धुपाल्चोक कांग्रेसमा कलहः लामाले गरे बस्नेतको विरोध

काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकमा आसन्न १४ औं महाधिवेशन अन्तर्गत कुनै पनि निर्वाचन हुन सकेको छैन । पार्टीभित्रको विवादकै कारण जिल्लामा वडा तहको निर्वाचनसमेत हुन सकेको छैन ।
पार्टीका जिल्ला नेता कार्यकर्ताहरु एकले अर्कोलाई आरोप प्रत्यारोपमै अल्झिएका छन् । एकअर्काबीच आरोप प्रत्यारोप भइरहँदा कांग्रेस सिन्धुपाल्चोक सभापति विकास लामाले बुधबार विज्ञप्ति जारी गरी केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको असहयोगका कारण कुनै पनि निर्वाचन हुन हुन नसकेको बताएका छन् ।
अधिवेशन सम्पन्न हुन नसकेका २ वटा वडा र सामान्य विवाद देखिएका दुईवटा वडा तहको समस्या समाधान गरी वडातहको अधिवेशन कार्तिक ३० मा सम्पन्न गराउने जिल्ला कार्यसमितिको कार्ययोजनामा केन्द्रीय निर्वाचन समितिबाट पठाइएका निर्वाचन प्रतिनिधिको अनुपस्थितिले गर्दा हुन नसकेको लामाले बताएका छन् ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशनको क्रममा हुनुपर्ने वडा तह, पालिका तह, प्रदेश सभा क्षेत्र तह, प्रतिनिधिसभा क्षेत्र तह र जिल्लाको अधिवेशन सम्पन्न गर्न सिन्धुपाल्चोक जिल्लामा असहज अवस्था र्सिजना भएको लामाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पार्टीलाई संस्थागत रुपमा सञ्चालन हुन नदिई व्यक्तिवादी जमात र भीडका रुपमा मात्र राख्न चाहने प्रवृत्तिका केही व्यक्तिलाई पार्टीको केन्द्रीय तहले संरक्षण र प्रोत्साहन दिई अधिवेशन सम्पन्न गराउन अनेक बाधा र अप्ठ्यारो अवस्था उत्पन्न गराएको लामाको आरोप छ । नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति लामा पौडेल पक्षका हुन् ।
















झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ शेयर निस्कासन गर्ने
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
प्रतिक्रिया