कांग्रेस कार्यकर्ताको पार्टी, जनताको साथीः गृहमन्त्री खाँण

काठमाडौं । नेपाल सरकारका गृहमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले कांग्रेस कार्यकर्ताको पार्टी र नेपाली जनताको साथी भएको बताएका छन् ।
नेपाली काङ्ग्रेसको १४औं महाधिवेशनको अभियानमा जनताको कार्यक्रमको रुपमा अघि बढाउनुपर्ने उनको भनाइ छ । खाणले नेपाली काङ्ग्रेस सुदृढ र बलियो भएमात्रै जनताको हक,अधिकार स्थापीत हुने बताए ।
यो महाधिवेशनले नेताहरूको चयन, पदाधिकारीहरूको छनोट मात्र नभई जनतालाई नयाँ जीवन प्रदान गर्ने, नयाँ रक्तसञ्चार, नयाँ आशा र भरोसा दिलाउने उनले बताए ।
गृहमन्त्री खाँणले नेपाली काङ्ग्रेसको नेतृत्वमा ठूला–ठूला आन्दोलन सम्पन्न भएको, संविधान सभबाट संविधान निर्माण भएको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र संस्थापन गर्न नेपाली काङ्ग्रेसले अपूर्व भूमिका निर्वाह गरेको भन्दै गृहमन्त्री खाँणले पार्टीको निकै चर्चा गरे ।
काङ्ग्रेसको नेतृत्वमा बनेको सरकारको पहिलो प्राथमिकता नै जनताको सुरक्षा, हक अधिकार सुनिश्चित गर्नु रहेको उनको भनाइ थियो ।


















सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा लगाइयाे ताला
कांग्रेसले बोलायो अनुशासन समिति बैठक
शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया