कांग्रेस महाधिवेशन : क्षेत्रीय सभापतिमा श्याम खड्काको उम्मेदवारी
मेरोन्यूज
२०७८ मंसिर २ गते ९:१०

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा काठमाडौँ क्षेत्र नम्बर ५ बाट युवानेता तथा महासमिति सदस्य श्याम खड्काले उम्मेदवारी दिने भएका छन् । उनले क्षेत्र नं ५ को क्षेत्रीय सभापतिका उम्मेदवारी प्रस्तुत गरेका हुन् ।
बुधबार खड्काले आफ्नो क्षेत्रका नेता तथा कार्यकर्तालाई बोलाएर चियापान तथा भेटघाट कार्यक्रम आयोजना गरेका थिए । नेता कार्यकर्ताको व्यापक सहभागितामा सम्पन्न उक्त कार्यक्रममा सहभागीले उनलाई साथ, सहयोग र समर्थन गर्ने बताएका थिए ।
कांग्रेसको बलियो गढ मानिदै आएको काठमाडौँ क्षेत्र नं ५ पछिल्लो समय सांगठानिक हिसाबले क्षतविक्षत हुँन लागेको भन्दै खड्काले उम्मेदवारी दिने बताए । कार्यक्रममा उनले आफ्नो पक्षमा मत आउने विश्वास व्यक्त गरे ।
कांग्रेसको १४ औँ महाधिवेशन आगामी मंसिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने भएको छ ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया