दुर्घटनामा दुई भारतीय नागरिकको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर ३ गते १०:१६
काठमाडौँ । ट्र्याक्टर दुर्घटना हुँदा धनुषामा दुई जनाको मृत्यु भएको छ । घटनामा २० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति विदेह नगरपालिका ७ बेलापट्टी सडकखण्डमा नम्बर नपरेको (अनटेष्ट) ट्र्याक्टर पल्टिएको हो । दुर्घटनामा भारतको विहार राज्य सितामढीका ६० वर्षीय रामदयाल राय यादव र ४५ वर्षीया अम्बिका देवीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार भारतबाट कमलाको मेला हेर्न आइरहेको ट्र्याक्टर अभरटेक गर्ने क्रममा दुर्घटनामा परेको हो । उनीहरू धनुषा र सिरहाको सीमामा पर्ने कमलाखोलाको भूत मेला हेर्न तथा स्नानका लागि आउँदै थिए ।
घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उनीहरु सबै भारतीय छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित


















एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया