मंगलबार, वैशाख १, २०८३

ओलीसँग अमेरिकी उच्च अधिकारीको भेट, एमसीसीबारे छलफल

मेरोन्यूज २०७८ मंसिर ३ गते १३:१८

काठमाडौँ । नेपाल भ्रमणमा रहेको दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड« लु र उपसहायक विदेशमन्त्री केल्ली किडरलिङ नेतृत्वको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसहित एमाले प्रतिनिधि मण्डलसँग भेटवार्ता गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बिहान साढे ११ बजे दुई पक्षबीच छलफल भएको हो । भेटमा एमाले अध्यक्ष ओली, संसदीय दलका उपेनता सुवास नेम्वाङ, स्थायी समिति सदस्य विष्णु रिमाललगायतको सहभागिता रहेको थियो ।

भेटमा अमेरिकी सहायक विदेशमन्त्री लुले अमेरिकी सहयोग नियोग मिलेनियम चयालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयनमा भएको ढिलाई र त्यसमा एमाले धारणाबारेमा एमाले नेतृत्वसँग जिज्ञासा राखेका थिए ।

जवाफमा ओलीले सत्ता पक्षले एमसीसीका विषयमा प्रष्ट धारणा नबनाएकाले यस बारेमा ढिलाई भएको जवाफ दिएका थिए । उनले आफ्नो पार्टी सरकारको नेतृत्वमा रहँदा हरतरहले प्रयास गरेको बताएका थिए ।

उनले अहिलेको गठबन्धन सरकारले यसबारे प्रष्ट धारणा नल्याएकाले अन्यौलता पैदा भएको बताएका थिए । ओलीले सरकारको धारणा बनाउने बित्तिकै एमालेले पास गर्ने या नगर्ने भन्ने विषयमा धारणा बनाउने जवाफ दिए ।

‘प्रतिपक्षी दलले चाहेर योअगाडि बढ्ने नबढ्ने भन्ने हुँदैन, पहिले यसमा सत्ता गठबन्धन क्लियर भएर आउनु पर्यो, उसले यसमा के गर्छ पहिले धारणा बनाएपछि मात्र प्रतिपक्षले आफ्नो धारणा तय गर्छ,’ ओलीले भनेको भनाई उदृत गर्दै एमाले प्रतिनिधि मण्डलका एक नेताले भने ।

मन्त्री लु र उपसहायक विदेशमन्त्री किडरलिङलाई लिएर अमेरिकी राजदूत रयाण्डी बेरी एमाले दलको कार्यालय पुगेका थिए । भेटमा नेपाल–अमेरिका सम्बन्ध, कोभिड १९ महामारीका बेलामा नेपाललाई अमेरिकाले गरेको सहयोगलगायत विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया