माओवादी केन्द्रले आज सबै वडामा नेतृत्व चयन गर्दै
मेरोन्यूज
२०७८ मंसिर ४ गते ७:२६
काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रले आज ६ हजार ७४३ वडामा नेतृत्व चयन गर्ने भएको छ । आगामी पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौँमा हुने राष्ट्रिय सम्मेलनलाई लक्षित गर्दै आज देशभर वडा अधिवेशन गर्न लागेको हो ।
पार्टीले केन्द्रबाहेक तीन चरणमा सम्मेलन गर्ने भएको छ । जसअनुसार वडा सम्मेलनपछि आगामी ११ गते पालिका तथा नगर सम्मेलन र २५ गते प्रदेश सम्मेलन गर्ने कार्य तालिका रहेको छ ।
वडादेखि केन्द्रीय तहसम्म निर्वाचन हुँदा पार्टीका तीन लाख कार्यकर्ताले एउटा पदीय जिम्मेवारी पाउने छन् । यस्तै, आठ हजारभन्दा धेरै समिति गठन हुने भएको छ ।
निर्वाचन आयोगले सबै जिल्ला र प्रदेशमा निर्वाचन समिति बनाएर काम गरिरहेको छ ।
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया