कांग्रेस महाधिवेशन : स्याङ्जाका सबै प्रदेश क्षेत्रमा सभापति निर्वाचित
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत स्याङ्जाका सबै प्रदेशसभामा सभापतिसहितको पदाधिकारी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न अधिवेशनबाट स्याङ्जा क्षेत्र नं १ प्रदेशसभा क को सभापतिमा केशरबहादुर खाँण (ध्रुब), ख मा प्रकाश तिवारी, २ को क मा अर्जुनप्रसाद खनाल र ख मा महेश भट्टराई निर्वाचित भएका छन् ।
स्याङ्जा २ क मा अर्जुनप्रसाद खनाल ३२७ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी विद्या श्रेष्ठले २५१ मत प्राप्त गरेकी थिइन् । त्यस्तै, उपसभापतिमा कुलबहादुर गुरुङ, भविश्वर कोइराला, सचिवमा डण्डापानी पङ्गेनी, अमृत अर्याल, सहसचिवमा दिक्षान्तप्रताप खाँण, बोधराज कुँवर निर्वाचित भएका छन् । कूल ५९८ मतदाता रहेकोमा ५९३ मत खसेको थियो ।
त्यसैगरी २ ख मा महेश भट्टराई विजयी भएका छन् । भट्टराईले ३८२ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी कमलप्रसाद रेग्मीले १७४ मत प्राप्त गरेका थिए । उपसभापतिमा सर्वसम्मतबाट टीकाराम तिवारी र खगीसरा आले निर्वाचित भएका छन् । सचिवमा निर्वाचनबाट गोकर्णप्रसाद भट्टराई, रमेश बस्याल, सहसचिवमा विश्वप्रकाश भट्टराई र माया भट्टराई निर्वाचित भएका छन् ।


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
प्रतिक्रिया