एमाले महाधिवेशन : ६० अन्तर्राष्ट्रिय पार्टीलाई निमन्त्रणा
भारतका तीन कम्युनिष्ट पार्टीका प्रतिनिधी आउने, चिनियाँ कम्युनिष्ट पार्टीको शुभकामना सन्देश मात्रै
काठमाडौं । नेकपा एमालेले पार्टीको महाधिवेशनमा ६० ओटा अन्तर्राष्ट्रिय पार्टीलाई निमन्त्रणा गरेको छ । एमालेसँग भाइचारा र मैत्रीपूर्ण सम्बन्ध रहेका अन्तर्राष्ट्रियस्तरका करीब ६० वटा पार्टीलाई निमन्त्रणा पठाइएको दशौं महाधिवेशन अतिथि सत्कार कमिटीका संयोजक डा राजन भट्टराई जानकारी दिए ।

‘हाम्रो भाइचारा र मैत्रीपूर्ण सम्बन्ध रहेका अन्तर्राष्ट्रियस्तरका करीब ६० वटा पार्टीलाई ‘हामीले महाधिवेशनमा निमन्त्रणा पठाएका छौँ,’ डा भट्टराईले भने,–‘विश्व नै कोरोनाको महामारीबाट मुक्त हुन सकेको छैन । यस्तो अवस्थामा अन्तर्राष्ट्रिय यात्रा गर्ने कुरा त्यति सहज छैन । केही मुलुकले अहिले पनि अन्तर्राष्ट्रिय यात्राका लागि कडाई गरेको अवस्था छ । यस्तो अवस्थामा हाम्रो महाधिवेशनमा उपस्थित हुने अन्तर्राष्ट्रिय पाहुनाको संख्या तुलनात्मक रुपमा कम हुने आँकलन गरेका छौँ । यद्यपि, ऐक्यबद्धता सन्देश भने धेरै मुलुकबाट प्राप्त गरिरहेका छौँ ।’
डा भट्टराईका अनुसार, अहिलेसम्म भारतका तीन सहित वंगलादेश, श्रीलंका, कम्बोडिया टर्की लगायतका कम्युनिष्ट भायचारा पार्टीले एमाले महाधिवेशनमा आउने वचन दिएका छन् । यधपी टर्कीको कम्युनिष्ट पार्टीका प्रतिनिधीले आउने वचन दिएपनि त्यहाँ पछिल्लो दिनमा कोरोना संक्रमण वढेका कारण महाधिवेशनको उदघाटनका दिनसम्म के गर्छन् अहिले निधो हुन नसकेको डा भट्टराइले वताए ।
‘अहिलेसम्म भारतबाट तीन ओटा पार्टी भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादी, भारतीय कम्युनिष्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादी लेनिनवादी लिबरेशन पार्टीले आउने निश्चित गरेको छ । फरर्वाड ब्लकले पनि महाधिवेशनमा आउने भनेको छ । तर, निश्चित गरेको छैन ।’ भट्टराईले भने,–‘बंगलादेशको कम्युनिष्ट पार्टी अफ बंगलादेशका तर्फबाट आउने निश्चित भएको छ । त्यसैगरी रिभोलेसनरी वर्कर पार्टीको तर्फबाट पनि आउँछु भनेर खबर पठाउनु भएको छ । त्यस्तै श्रीलंकाबाट जेभीपी पार्टीको प्रतिनिधि आउने भनेर निश्चित गर्नुभएको छ ।’’
भट्टराईका अनुसार, कम्बोडियाको सत्तासिन पार्टी कम्बोडियन पिपुल्स पार्टीले पनि प्रतिनिधिले पठाउने वचन दिएको छ । फ्रेञ्च कम्युनिष्ट पार्टीले पनि प्रतिनिधि पठाउने भनेको छ । टर्कीको वामपन्थी पार्टीले प्रतिनिधी पठाउने बताएको छ । यद्यपि, त्यहाँ कोरोना बढेका कारण निश्चित भईनसकेको भट्टराईको भनाई छ ।

‘अहिलेसम्म भारतबाट तीन ओटा पार्टीले आउने निश्चित गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीले शुभकामना सन्देश पठाउने भनेको छ ।’
– डा राजन भट्टराई
संयोजक, दशौं महाधिवेशन अतिथि सत्कार कमिटी
युरोपमा पनि पछिल्लो समय कोरोना संक्रमण बढेका कारण युरोपियन पार्टीहरुले आउने चासो राख्दा–राख्दै पनि आउन नसक्ने स्थिति भएकाले सन्देश पठाउने कुरा गरेको भट्टराई वताउँछन् ।
‘दक्षिण एशियाका अरु रुलिङ पार्टीहरुलाई पनि हामीले निम्ता गरेका छौँ । उहाँहरुलाई सकेसम्म प्रतिनिधि पठाउनु नभए सन्देश पठाउनु भनेका छौँ । चिनियाँ कम्युनिष्ट पार्टीले यो कोरोनाका कारण आउन नसक्ने भन्दै शुभकामना सन्देश पठाउने भनेको छ ।’ भट्टराईले भने ।
नर्थकोरिया पार्टीले शुभकामना सन्देश पठाउने वचन एमालेलाई दिएको छ । भियतनाम र लावसले प्रतिनिधि नै पठाउन सक्ने या शुभकामना सन्देश पठाउने भन्ने विषयमा कुनै केही जानकारी एमालेलाई दिएको छैन ।
‘हामी त्यसको निरन्तर फलो गरिरहेका छौँ । क्युवालाई पनि निम्तो दिएका छौँ । अहिलेसम्म बेल्जियमबाट शुभकामना सन्देश प्राप्त भएको छ । आयरल्याण्डबाट शुभकामना सन्देश प्राप्त भएको छ । जर्मनी र रसियाका तीन ओटा पार्टीले शुभकामना सन्देश पठाउने भन्नुभएको छ । ’भट्टराईले भने ।


















आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया