आइतबार, पुष ६, २०८२

सुनको मूल्य तोलामा ९४ हजार नजिक

मेरोन्यूज २०७८ मंसिर ५ गते ११:४७

काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ७०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुन आजको मूल्य प्रतितोला ९३ हजार २ सय कायम भएको छ जसको मूल्य गत शुक्रबार प्रतितोला ९३ हजार ९ सय तोकिएको थियो ।

त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २६० कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया